२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिर्जना कप छात्र–छात्रा भलिबल प्रतियोगिता आगामि साता

पोखरामा चैतको दोश्रो साता सिर्जना कप सामुदायिक मावि छात्र–छात्रा भलिवल प्रतियोगिता हुने भएको छ ।

ललितपुरको एकान्तकुनामा दुर्घटना, कोटेश्वर बहुमुखी क्याम्पसकी छात्राको मृत्यु

घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

अपहरणमा परेका नाइजेरियाका २ सय ७९ छात्रा रिहा

अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन्। देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन्। अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ। उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन।

१६० विद्यार्थी अट्ने हिमाली छात्रावास

१६ कोठे छात्रावास भवनको शनिबार आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्यान्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका छन्।साँघुरो गरी बस्दै आएका विद्यार्थी छात्रावास भवन नयाँ बनेसँगै खुसी भएका छन्।

अनलाइन कक्षामा छात्रा न्यून

इन्टरनेटसहितको मोबाइल चलाउन दिए छोरीहरू बिग्रने सोच अभिभावकमा हुँदा अनलाइन शिक्षामा छात्राको पहुँच कम देखिएको छ । नेपाली समाजमा अझै पनि छोराछोरीबीच विभेद कायमै छ। यस्तो सोच काठमाडौं महानगरपालिकाजस्तो सहरी क्षेत्रका अभिभावकमा पनि रहेको सुन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।

छात्रामा सिकाइ उपलब्धि बढी

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो ।

बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा ५० जना अट्ने क्वारेन्टाइन तयार गरिएको छ।

छात्रावासमा आगलागी हुँदा २५ लाखको क्षति

जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। फाकफोकथुम–६, फुस्रेस्थित तीनजुरे बोर्डिङ स्कुलको छात्रावासमा गएराति आगलागी भएको हो।

छात्र-छात्राले गरे विज्ञान प्रदर्शनी

खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र-छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन्। वार्षिक कार्यक्रम अन्तरगत बोर्डिङ स्कुलका कक्षा ४ देखि कक्षा १० मा अध्ययनरत छात्र-छात्राको शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरिएको हो।

सोधेको प्रश्नको जवाफ दिन नसक्दा छात्रामाथि कुटपिट

विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई बुधबार सो विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्।

विद्यालयमा सेनेटरी प्याड राखेपछि नियमित भए छात्रा

शौचालयभित्र भित्तामा झुन्डिएको हरियो बाकसभित्र सेनेटरी प्याड राख्न थालेपछि छात्राहरुले सहज महसुस गर्न थालेका छन्। रोल्पा नगरपालिकाकोे विकट ९ न. वडामा रहेको ह्वामा गाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको शौचालयभित्र केहि समय यता सेनेटरी प्याड उपलब्ध हुन थालेको छ।

एपीएफ स्कुलमा छात्रावास बन्यो

सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि छात्रावास निर्माण भएको छ। कीर्तिपुर नगरपालिका–७ स्थित चम्पादेवीमा ३२ कोठे छात्रावासको आइतबार उद्घाटन गरिएको छ।

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि विद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि सास्ती भोग्दै आएका छन्।

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

पालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० की छात्रा रुवी चौधरी बताउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्