१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छात्रावासमा आगलागी हुँदा २५ लाखको क्षति

इलाम– जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। फाकफोकथुम–६, फुस्रेस्थित तीनजुरे बोर्डिङ स्कुलको छात्रावासमा गएराति आगलागी भएको हो।

भवनमा आगो लाग्दा भित्र रहेका भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, २ टेलिभिजन, ४ ल्यापटप, कुर्सी, दराजलगायत सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सिमेन्टको पिलर, काठको बेरा र टिनको छानो भएको २ तल्ले भवनमा विद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। स्थानीय र प्रहरीको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

 

प्रकाशित: २२ फाल्गुन २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App