१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सूचना प्रविधिको एक सय वर्ष फर्केर हेर्दा

आजभन्दा सय वर्षअघि कसैको हातमा न त मोबाइल फोन थियो न त घर घरमा लाइन फोन र इन्टरनेट। तर, ठीक सय वर्षपछि हरेक नेपालीले आफ्नै हातको मोबाइलबाट इन्टरनेटमा विश्वको ताजा समाचार हेर्न र पढ्छन्। एक शताब्दीमा नेपालले प्रविधिमा फड्कोमात्र मारेन समाचार र सूचनाको संसार नै परिवर्तन गरिदियो।

सूचनाको हकका चुनौती

संविधानले सार्वभौमसत्ताको स्रोत मानेको मुलुकको मालिकरूपी जनताले तिरेको करबाट तलव खानेले स्वयं तिनै नागरिकलाई सूचना नदिने गरी गोपनीयताको शपथ खाएको छु भन्नु विडम्बनापूर्ण विषय हो।

संसद् बैठक सूचना टाँस गरेर स्थगित

व्यवस्थापिका–संसद्को आज १ः०० बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अवरुद्ध हुँदै आएको बैठक यही पुस १० गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

मधेस फाउन्डेसनविरुद्ध सूचना आयोगमा उजुरी

मधेस र मधेसी जनताको नाममा विभिन्न प्रतिवेदन बुझाएर दातृ निकायसँग ठूलो मात्रामा रकम ल्याउने तर त्यसको हिसाव किताब भने नदेखाउने प्रवृत्ति बढ्दै गएका बेला नेपाल मधेस फाउन्डेसनका गतिविधिबारे सूचना आयोगमा उजुरी परेको छ।

प्राधिकरणका सञ्चालकसँग सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग

पदीय मर्यादा विपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई आज सार्वजनिक सूचनामार्फत पत्र बुझ्न भनेको छ । ऊर्जा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको हो । उनीहरुले मन्त्रालयले काटेको स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका थिए।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ।

सर्वोच्चलाई कार्कीका ज्वाइँको जवाफ- 'सही सूचना दिँदा असहयोग हुन्छ?'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ प्रबल थापाले ससुराको मुद्दाको म्याद तामेलीमा आफूले अवरोध नगरेको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।

ट्वाइलेटबाटै चुहिन्छ गोप्य सूचना

सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने गरेको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै 'आफन्त' लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ।

चीनसँग व्यापारिक सूचना आदान प्रदान गर्ने समझदारी

नेपाली बजारमा बिक्री हुने चिनियाँ सामानको मूल्यमा यहाँका उपभोक्तालाई ठगिनबाट रोक्न सरकारले नीतिगत रुपमा पहल गरेको छ । चीनमा उत्पादित वस्तुको मूल्य, उत्पादन, व्यापारिक विषयमा जानकारी लिई बजार अनुगमन गर्न औपचारिक रुपमा सूचनाआदान प्रदान गर्न दुई देशबीच एक समझदारी भएको छ ।

सूचना टाँस्न सर्वोच्चको टोली दोस्रो दिन लोकमान निवासमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन दोस्रो दिन पनि सर्वोच्चको टोली कार्की निवास गएकाे छ। बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको निवासमा सूचना नटाँसी फर्किएको थियो। सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो।

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी रित्तोहात फर्केका छन् । काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको हो । सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो ।

औषधिबारे सम्पूर्ण सूचना नागरिकले पाउनुपर्छः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवासम्बन्धी सूचनालाई सेवाग्राही र सरोकारवालाको पहुँचमा पु¥याउन जोड दिएका छन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद, अत्यावश्यक औषधिको मौज्दातको सूचना सबैको पहुँचमा पु¥याए सेवाको प्रयोग र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

हुलाक सेवालाई सूचनाको भण्डारण बनाइने: सञ्चारमन्त्री कार्की

धनकुटा- सूचना तथा सन्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले हुलाक कार्यालयलाई सूचनाको भण्डारको रुपमा विकास गरिने बताएका छन्। धनकुटाको नाम्जे स्थित रेडियो नेपाल क्षेत्रीय प्रसारण अन्तर्गत एफएम रिले केन्द्रको उद्घाटन गर्न आएका मन्त्री कार्कीले यस्तो बताएका हुन्।

सूचना प्रविधिमा प्रयोग हुने नेपाली भाषामा एकरूपता हुनुपर्नेमा जोड

काठमाडौँ-सूचना प्रविधिमा प्रयोग हुने नोपली भाषा, सङ्केत, चिह्न, नाम थर लगायतमा एक रूपता हुनुपर्नेमा भाषाविज्ञहरूले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्