१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ-व्यवस्थापिका–संसद्को आज १ः०० बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अवरुद्ध हुँदै आएको बैठक यही पुस १० गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए।

राजनीतिक सहमतिका लागि भन्दै बैठक स्थगित हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयक समेत अगाडि बढ्न सकेको छैन । रासस

प्रकाशित: ७ पुस २०७३ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App