२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।

दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बन्द भयो आकस्मिक बाहेकका सेवा

नेपाल चिकित्सक सङ्घले घोषणा गरेको बन्दको प्रभाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि देखिएको छ।

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन्।उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए।

एचआइभी सङ्क्रमित बढ्दै

कालिकोटमा एचआइभीबाट आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला, एक बच्चा र तीन जना पुरुष रहेका छन्।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

सुरक्षित मातृत्व कार्यक्रमः निःशुल्क जाँचदेखि शल्यक्रियासम्मको सेवा

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य मन्त्रीसमक्ष बिरामीका आफन्तको गुनासो: समयमै उपचार र औषधि पाइएन

चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।

आजदेखि एचपीभीविरुद्धको खोप लगाइँदै, यी अस्पतालमा लगाउन पाइने

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।

सहमति पछि वीपी प्रतिष्ठानको आन्दोलन स्थगित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक र आन्दोलनको तयारी गरिरहेका कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै सहमति गरेको छ।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छः मन्त्री बस्नेत

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्