२३ आश्विन २०८१ बुधबार
image/svg+xml

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

अत्याधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो।

पुल बगाउँदा सकस

अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्। नदीमा पानीको बहाव बढेर तर्न नसकिने भएकाले बाध्य भएर तीन किलोमिटर हिँडेर अर्को पुल प्रयोग गर्नु परेको हो।

धान रोपाइँ ८६ प्रतिशत

समयमा वर्षाद नभएर रोपाइँ ढिला सुरु भए पनि यो वर्ष गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ। साउनको तेस्रो सातासम्म मुलुकभर ८६ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी मिन्त्रालयले जनाएको छ।

हिमाली जिल्ला जोखिम

अन्यत्रको तुलनामा निकै कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भने सामान्य वर्षाले पनि भीषण बाढीको रूप निम्त्याउने गरेको छ।

बाढी पहिरोबाट साढे ८ सय मिटर पक्की सडक पूर्ण क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

तीन दिनसम्म चट्याङसहित भारी वर्षाकाे सम्भावना

मौमस पूर्वानुमान महाशाखाले आज ९शुक्रबार० देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

पहिरोमा परेर एकै परिवारका २ जनाको मृत्यु, ५ घाइते

लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

करोडौं मूल्यको आलु कुहियो

असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन्।

सिद्धिचरण लोकमार्ग आंशिक खुल्यो

साताव्यापी निरन्तर वर्षाले भत्केको पहिरोले दुईसातादेखि आवागमन रोकिएको सिद्धिचरण लोकमार्गमा आंशिक यातायात खुलेको छ। वर्षाले दर्जनौं ठाउँमा पहिरो जानुका साथै कटारी नगरपालिका ११ ठाँटीनजिकै लप्सेभीरमा १ सय ५० मिटर सडक पुरै पहिरोले काटेपछि आउजाउ रोकिएको लोकमार्ग १३ दिन लामो मर्मतपछि आंशिक सुचारु भएको हो।

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर सडकमा पहिरो गएको थियो। जसमध्ये १० मिटर सडकको कुनै निसाना थिए।

क्यानभासमा नारी शक्तिको सम्मान

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

बाँकेमा ८० प्रतिशत रोपाइँ

बाँकेमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। विगत एक महिनादेखि पर्याप्त मात्रामा वर्षा भएकाले धान रोपाइँको दर पनि ह्वात्तै बढेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

विस्थापनको पीडा कम नहुँदै अर्को बाढीको त्रास

जारी अविरल वर्षाका कारण विभिन्न नदी र खोलामा आएको बाढीले रौतहटका कयौं गाउँ फेरि डुबानमा परेका छन्। असार अन्तिम साता बाग्मती र लाल बकैया नदीका साथै विभिन्न खोलामा आएको विनाशकारी बाढीले विस्थापित बनेकाहरूको जनजीवन सहज हुँदै गर्दा पुनः आएको बाढीले थप बिचल्ली बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्