२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लिमचुङबुङमा बल्ल राहत

निरन्तरको वर्षाले गाउँपालिका जोड्ने सबै सडक पहिराले भत्काएपछि प्राकृतिक नाकाबन्दीमा परेको लिमचुङबुङ गाउँपालिकामा तेस्रो प्रयासमा हेलिकोप्टरमार्फत खाद्यान्न अवतरण गरिएको छ।

पीडितसम्म पुग्न दातालाई समस्या

दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्।

सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो

लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ। सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ।

सडक भत्केपछि ढाकर युग

केही दिनअघिको अविरल वर्षाले जताततै पहिरो गएपछि उदयपुरको पहाडी भेगमा साता दिनयता अवरुद्ध यातायात सेवा कम्तीमा ३ महिनासम्म नचल्ने भएको छ। पहिरोले पुराना सडक र नयाँ ट्रयाक भत्काएपछि एउटा गाउँदेखि अर्को गाउँसम्म पुग्न नसक्ने स्थिति सिर्जना भएको छ भने कतै वल्लो घरदेखि पल्लो घरसम्म आउजाउ गर्ने गोरेटोसम्म बाँकी छैन।

वर्षा नरोकिँदा उद्धार र राहतमा कठिनाइ

अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु-याउन कठिनाइ भएको छ। आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो।

बागमती र लालबकैया नदीमा पानीको बहाव उच्च

गए रातिदेखिको अविरल वर्षाका कारण बागमती र लालबकैया नदीमा पानीको वहाव बढेको छ। चुरे क्षेत्रमा परेको पानीले दुबै नदीमा बाढी आएको हो।

सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको टोली

डेढ साताअघि परेको अबिरल वर्षाले सर्लाहीमा पु¥याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न आइतबार सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै टोली आएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना नेतृत्वको टोलीले अपराह्न सदरमुकाम मलंगवामा

प्रदेश सरकारको तयारी फितलो

वर्षा सुरु भएसँगै पहाडमा पहिरो र तराई बाढीको पीडा थपिएको छ। हरेक वर्षको प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति हुने गरेको छ। तर प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्ने र राहत पु¥याउने मामिलामा निकै ढिलाइ हुने गरेको छ, त्यसमाथि अव्यवस्थित पनि। अहिले संघीय सरकार मात्रै होइन, प्रदेशमा सरकार पनि अस्तित्वमा छ। मुलुकको राजधानीबाट उद्धार र राहतमा ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ।

पानी माग्दै इन्द्रको पूजा !

मुलुकका विभिन्न भुभागमा अत्याधिक बर्षापछिको बाढी पहिरो र डुबानमा परेर ठूलो संख्यामा धनजनको क्षति भएका बेला तनहुँको शेराबेसीमा भने पानी माग्दै भगवान इन्द्रको पूजा गरिएको छ।

वर्षाले अवरुद्ध सिद्धिचरण लोकमार्ग अझै सातादिन नखुल्ने

अविरल वर्षाका कारण ३ दर्जनबढी ठाउँमा गएको पहिरोले १० दिनयता अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु हुन अझै सातादिन बढी लाग्ने भएको छ। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुङ्गा जोड्ने लोकमार्गको ४२ किलोमिटर खण्डमा ४० ठाउँबढी पहिरो गएर यातायात अवरुद्ध हुन पुगेको थियो।

हेटौंडा–काठमाडौं सडक सञ्चालन

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेसलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। १० दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो।

सुक्खाबाट बच्न वर्षाको पानी सञ्चित गनुपर्ने

हिउँदको बेला उपत्यकावासी ट्यांकरकै पानीमा निर्भर रहन्छन््। भएका ढुंगेधारा, इनार, पोखरी र खोला सुक्छन्। खानेपानीका पुराना स्रोत सुकेपछि नयाँ प्रविधिको सहयोगमा हिउँदमा गहिरो ‘डिप बोरिङ’ गरेर पानी तान्ने गरिन्छ। इनारमा पानी सुक्न थालेपछि राजधानी उपत्यकामा डिप बोरिङ बाध्यकारी बन्दै गएको छ।

पानी संकलनबारे राष्ट्रिय सम्मेलन हुने

वर्षाको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ। वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले साउन ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको हो।

भारी वर्षाको सम्भावना

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्