२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

अविरल वर्षातका कारण आएको पहिरोले पुरिएर जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

आगामी तीन दिनकाे माैसमः कतै वर्षा हुने, कतै चट्ट्याङ पर्ने

मनसुन न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढीले क्षति

अविरल वर्षा शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ। इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ।

धान कुट्ने मिल र गाई गोठ बगायो, बस्ती जोखिममा

गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले नुवाकोटको तादी गाउँपालिका–३ स्थित कोषगाडका स्थानीयका घरहरु जोखिममा परेका छन्।

झरीमा कालोपत्रे

ढुंगेश्वर गाउँपालिका–२ को स्याउले बजार नजिकै सडक छेउमा रम्भादेवी सुनारको घर छ। सुर्खेत–दैलेख खण्डको स्याउले बजार क्षेत्रमा बुधबार दिनभर पटके मर्मत (कालोपत्रे)को काम भयो। वर्षातका कारण सडकमै पानीको भेल बगिरहेको छ। त्यसैमाथि भइरहेको पटके मर्मतबाट रम्भादेवी विल्कुलै सन्तुष्ट छैनन्। ‘पानीमा सडक कालोपत्रे नगर्नुपर्ने हो’ उनले भनिन्, ‘अघिअघि कालोपत्रे भइरहेको छ, पछिपछि पानीले त्यसलाई बगाएर लगिराखेको छ।’

अधिकांस भू–भागमा वर्षाको सम्भावना

सामान्यमनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित

अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

केही स्थानमा हावाहुरी र भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

चीनकाे दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ।

तीन दिन भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ।

मनसुनमा पनि कम वर्षा

मनसुनका मुख्य दुई महिना जुलाई र अगस्टमा सबैभन्दा बढी पानी पर्नुपर्ने भए पनि पोखरामा ती दुई महिनामा योपटक निकै नै कम पानी परेको कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए।

दुई दिनसम्म भारी वर्षाको सम्भावना

शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

मध्यमदेखि हल्का वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागको औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्