२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीले पाइप बगाउँदा पानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ।

देशको अधिकांश भूभागमा भारी वर्षाको सम्भावना

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।

पश्चिममा लगातार वर्षा

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेकाले पश्चिम तराईका जिल्लासँगै पहाडी तथा हिमाली जिल्लामा पनि लगातार वर्षा भइरहेको छ।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

बेलाबेला किन भासिन्छ पोखरा

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन। पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ। कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा। ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ। भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ।

नेपालगन्जमा भारी वर्षा

शनिबार बिहान १० बजेर ३० मिनेटमा गरिएको मापन अनुसार राप्ती नदीमा पानीको सतह ३ मिटर ४० सेन्टिमिटर रहेको छ। त्यसअघि बिहान ९ बजे मापन गर्दा नदीको सतह ३ मिटर ३८ सेन्टिमिटर कायम रहेको फोकल पर्सन ज्ञवालीले जानकारी दिए।

मनसुन फेरि सक्रिय: आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहीबारदेखि मनसुन सक्रिय हुने

बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मनसुनी वायुको प्रभाव: देशभर वर्षा हुने

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट

दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।

काठमाडौंमा भारी वर्षा : केही क्षेत्र जलमग्न

मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।

मनसुनपछिको वर्षा : बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ।

पोखराको वर्षाः नौ घण्टामा २५८ मिलिमिटर

पोखरामा छोटो समयमा भीषण वर्षा हुने हुँदा यहाँ सधैं र सबैतिर अस्तव्यस्त हुने गरेको छ । पछिल्ला केहीदिनमा रातको समयमा यहाँ भीषण वर्षा हुँदै आएको छ । मंगलबार बेलुकी यहाँ भारी वर्षा भएको थियो । छोटो समयमा भारी वर्षा हुँदा केही क्षेत्र डुबानमा समेत परेका छन ।

देशका अधिकांश भूभागहरूमा हल्का वर्षाको सम्भावना

प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्