२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

देशका अधिकांश भूभागमा हल्का वर्षा हुने

देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

झापामा अत्यधिक वर्षा

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ। यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

देशका धेरैजसो भू-भागमा भारी वर्षा

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

निर्माण नसकिँदै भासियो कमला नदीको पुल

पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’

बाढीले छाब्दीखोला पुल बगायो, छिर्कनेमा घर पुरियो

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए।

देशका विभिन्न क्षेत्रमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

चाँडो वर्षाले धानको बिउ गल्यो,पर्सामा मात्र २५ प्रतिशत रोपाई

‘पानी सुरुमा चाहिएजस्तै पर्‍यो। तर बिउ राखेपछि जरामा हल्का चिसो माटो हुनुपर्छ माथिबाट घाम पनि लाग्नु पर्छ, माटो बढी गिलो भयो भने बिउ उम्रिदैन,’ पर्सा, बेल्वाका अगुवा किसान नवलकिशोर झाले भने, ‘यसपालि अहिले मज्जाले पानी परेको छ।

विपदमा प्रदेश सरकारको खेलाँची

प्रदेशको जोखिम अवस्था बुझ्दा पनि प्रदेश सरकारले हालसम्म जोखिम क्षेत्रको नक्सांकन र मूल्याकन गर्न सकेको छैन। जसले गर्दा विपद जोखिम कम गर्ने दीर्घकालीन योजना निर्माण हुन सकेका छैनन्। जोखिम क्षेत्रको नक्सांकनसँगै मूल्यांकन मात्र होइन, अत्यावश्यक पर्ने विपद प्रतिकार्य योजनासमेत प्रदेश सरकारले निर्माण गर्न सकेको छैन।

नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।

लगातारको वर्षाले सम्पर्कविहीन सातजनाको उद्धारमा कठिनाइ

लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।

अझै ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।

अझै तीन दिन भारी वर्षा हुने

यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ। 'मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ', बासीले भनिन्, 'यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ।

बन्दीपुर, लुम्ले, घोरेपानी र चितीमा भारी वर्षा, खतराको साइरन बजाइयो

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ । भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशको पहाडी भूभागका केही स्थानहरुमा हावाहुरी चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार अपरान्हतिर मेघगर्जन चट्याङ, हावाहुरीको पनि सम्भावना रहेको छ।

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्