१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट

केहीदिन यताको अविरल वर्षाले उदयपुरमा डुवान र कटानको समस्या बढेको छ। दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।  

अविरल वर्षाको बाढीले उदयपुरका विभिन्न ठाउँमा लगाइएको हजारौं बिगाहा क्षेत्रफल जमिनमा लगाइएको रोपाई खेत कटान र डुबान गरेर क्षति पुर्याएको छ। कतिपय रोपाइँको तयारीमा रहेको जमिन पनि डुवान र कटानमा परेको छ। लगातारको वर्षाले सदरमुकाम त्रियुगा नगरपालिकासँगै चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका समथर र फाँटिलो जमिनको खेतबारी डुबान र कटानको समस्यामा परेको किसानहरुले बताएका छन्।  

जिल्लाकै अन्न भण्डारको रुपमा लिइने समथर तराई भित्री मधेस क्षेत्र वडाहरु १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र सदरमुकामसमेत रहेको ११, १२, १३ नं. का खेतबारी सबै डुवान र कटानको समस्यामा परेका छन्। त्यस्तै पहाडी भेगमा पर्ने वडाहरु १४, १५ र १६ मा भने वर्षाले पहिरोको खतरा बढेको नगरप्रमुख बलदेव चौधरी बताउँछन्।

उनका अनुसार हरेक वर्षायाममा तराई भेगमा डुवान र कटान तथा पहाडी भेगमा पहिरोको जोखिम मोल्नुपर्ने प्राकृतिक बाध्यता छ।  

डुबान, कटान र पहिरोबाट बच्न र बचाउन नगरपालिकाले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गरेर रोकथामको काम गर्ने गरिएको छ भने सिंचाई डिभिजन, कोसी जालाधार क्षेत्र विकास कार्यालयसँग पनि साभेदारीमा बिपतबाट बँच्न कार्यक्रम गर्ने गरिएको मेयर चौधरीले बताए  वर्षाले त्रियुगा मात्र होईन, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाबासी जनताले पनि समथर क्षेत्रमा डुबान र कटान तथा पहाडी क्षेत्रमा पहिरोको समस्या वर्षेनी बेहोर्दै आउनु परेको छ। 

प्रकाशित: २९ असार २०७८ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App