‘लोकमानको कार्यकारी शैलीका कारण महाभियोग’
शिक्षामन्त्री धनिराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले मुलुककै कार्यकारी प्रमुखको शैली अपनाएपछि एमालेसँग मिलेर संसदमा महाभियोग दर्ता गरेको बताएका छन्। परिवारसहित मुस्ताङ घुमेर राजधानी फर्कन लागेका मन्त्री पौडेलले पर्वतको कुश्मामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।