काठमाडौं-९ मा विवकेशील साझाको चुनाबी अभियान सुरु
'अबको आशा, विवेकशील साझा' नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियान शुक्रबारदेखि सुरु गरेको छ। उक्त क्षेत्रबाट विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको थियो।