१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गियो : कांग्रेस नेता कोईराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गिएको बताएका छन्। एकपछि अर्का जनबिरोधी काम गरेर ओली नेतृत्वको सरकार आफै संकटमा परेको उनले बताए। नेपाली कांगे्रस कपिलवस्तुद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

नेपाल ट्रष्टको सम्पत्ति कति ? सरकारले जारी गर्‍यो श्वेतपत्र

सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्।

'भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास'

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सात रोपनी सरकारी जग्गा वर्षौंदेखि कब्जा

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको मुटुमा रहेको सात रोपनी सरकारी जमिन व्यक्तिले वर्षौदेखि कब्जा गरेको पाइएको छ।

ठडिए भूकम्पले ढलेका सरकारी कार्यालय

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएकामध्ये १३ कार्यालय भवन पुनर्निर्माण गरिएका छन्। बाँकी आठवटा भवन नयाँ बनको छन्।

‘सरकारले नै नीतिगत भ्रष्टाचार तीव्र बनायो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई तीव्र बनाएको भन्दै त्यसको खोजबिन गर्ने भएको छ।

छायाँ सरकारको बैठक : बास्कोटा प्रकरणबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ। गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो। वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

सुरुमा उत्साह, अहिले औसत

सरकारले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपास १० नयाँ सहर विकास गर्ने घोषणा गरेपछि ती स्थानमा चहलपहल बढ्यो।

सधैं हेपिन्छन् किसान

कृषिप्रधान भनिएको देशमा सबैभन्दा बढी आफूहरू नै ठगिएको गुनासो गर्दै किसानले उत्पादनदेखि बजारीकरणसम्मको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्।

राजपामा सरकार नजाने लाइन हाबी

राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग नजिकिएको राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जान नहुने भन्ने लाइन हाबी हुँदै गएको छ।

सरकारी जग्गामा निजीको हालीमुहाली

अख्तियारको निर्देशनसमेत पालना नगरी सरकारी जग्गामा रजाइँ गर्न व्यक्ति तथा संस्थालाई छुट दिने नगरपालिका पदाधिकारीमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ।

दुई तिहाईको सरकार पूर्णरुपमा असफल : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सुखी र संबृद्ध नारा दिएको बर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन्। दुई तिहाईको कम्यूनिष्टहरुको सरकार आएसंगै भ्रष्टचार लुट बढ्दै गएको उनले आरोप लगाए।

झापामा पनि सरकारी जमिन अतिक्रमण

झापाका अधिकांश स्थानमा आदिवासी जनजातिको पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेका छन्।

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी छन्। शुक्रबार शिबरात्रिको सार्वजनिक विदाको दिन जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन्। आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका लागि एकातिरको पास बनाएर अर्कोतिर हानिएकी हुन्।

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी आक्रोशित

सरकारी कर्मचारीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्