१२ मंसिर २०८१ बुधबार
image/svg+xml

तरकारीमा व्यावसायिकता खोज्दै पूर्व बैंकर

‘कृषि पेसा घाटामा जाँदैन । मनग्गे आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ ।’ तरकारी खेतीबारे कुरा गरिरहँदा पूर्व बैंकर लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटर एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

उखु खेती राष्ट्रिय बालीमा कार्यान्वयन हुन सकेन

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानुदिन उखु किसान मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए।

जंगल मासेर सयौं विगाहामा गाँजा खेती

सिन्धुलीमा विगत केहि वर्ष अगाडिदेखि गाँजा खेती मौलाउदै गएको तथ्य खुलेको छ। दुई वर्षभन्दा बढी विगाहामा लगाइएको गाजा फडानी गरेको प्रहरीले यस वर्ष पनि झन्डै तीन सय विगाहामा फडानी गरिसकेको छ।

घरको कौसीमै गाँजाखेती

ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसीर छतभरि गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मा¥योर गाँजा फाँड्यो। लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग-यो।

व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी

सियारी गाउँपालिका–४ ओर्लहवाका ३७ वर्षिय रोहितकुमार पासी अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउछन्। सुरुवातदेखि नै तरकारी खेती गर्दै आएका पासीले सोचेजस्तो प्रतिफल नपाएपछि गत वर्षदेखि केरा खेतीमा लागेका हुन्। अहिले उनले व्यावसायिक केरा खेतीबाट नै मनग्य आम्दानी लिइरहेका छन्।

बहुआयामिक आकार लिँदै कृषि खेती

हेलम्बु गाउँपालिका–४, महांकाल सेरागाउँका ४१ वर्षीय बिनोद लामिछानेको हातमा अधिवक्ताको लाइसेन्स छ। कानुन व्यवसाय गरेर मानसम्मान र छाँटका साथ जीवनयापन गर्न सक्छन् उनी। यो पेसामा राम्रो कमाइ हुने उनले पनि बुझेकै छन्।

बहुआयामिक आकार लिँदै कृषि खेती

हेलम्बु गाउँपालिका–४, महांकाल सेरागाउँका ४१ वर्षीय बिनोद लामिछानेको हातमा अधिवक्ताको लाइसेन्स छ। कानुन व्यवसाय गरेर मानसम्मान र छाँटकासाथ जीवनयापन गर्न सक्छन् उनी। यो पेशामा राम्रो कमाइ हुने उनले पनि बुझेकै छन्। तर जिल्लामै कृषि उत्पादनका लागि अब्बल सेराफाँट छोडेर उनी कानुन व्यवसायमा रम्न सकेनन्। दुःखले आर्जेको अधिवक्ताले लाइसेन्स शिरानीमूनि घुसार्दै सेराफाँटमा कृषि व्यवसायमा जम्दै र रम्दै छन् बिनोद।

पोहोर फाल्न परेपछि यसपालि खेती नै कम

चितवन, खैरहनीका कृषक पुरन महतोले पोहोर माघमा खेतभरी फलाएर बिक्री गर्न तयार बन्दाले बजार नपाएपछि डोजर लगाएर फाल्नुप-यो। एकाएक समाचार बनेका महतो त्यो सम्झदै भन्छन्, ‘दुई रुपैयाँ किलोको दरले पनि मूल्य पाइएन। यसै पनि सडेर जाने, त्यसमाथि अर्को बाली लगाउनका लागि पनि त्यसलाई खेतबाट हटाउनुपथ्र्यो।’ उनले मुला पनि त्यसरी नै नष्ट गरेका थिए। तर त्यसको समाचार बनेन।

हिउँदे खेतीमा १५ प्रतिशत ह्रास

बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले गत वर्ष १० लाख रुपैयाँको टमाटर बिक्री गरेका थिए। उनले खजुरा आएर गाउँमा तीन बिघामा टमाटर र एक बिघामा आलु लगाएका छन्। यस वर्ष उनले टमाटर र आलुबाट १५ लाखको कारोबार गर्ने लक्ष्य राखेका थिए। तर, गत शुक्रबारको अविरल वर्षाले उनको लक्ष्य पूरा नहुने भएको छ।

कंकाल भेटिने बगरमा खेती (फोटो फिचर)

द्वन्द्वकालमा गाडी लुकाउने, मान्छेका कंकाल भेटिने ठाउँको रुपमा रहेको दानव नदीको बगर क्षेत्र अहिले हरियाली उर्वरभूमिको रुपमा परिणत भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिका ३ स्थित हसनापुर कुट्टा नाकामा रहेको त्यो बगर क्षेत्र अहिले खेतीयोग्य उर्वरभूमि, आपको बगैचा र पोखरीको रुपमा देखिन्छ।

आलु खेतीमा डढुवा रोगको प्रकोप बढ्दो

आलु खेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान गहुँ खेती गरि रहेका छन्। भदौ महिनामा लगाईएको आलुमा कात्तिक महिनामै डढुवा लागेर सखाप भएपछि किसानले गहुँ, जौँ खेती गर्न थालेका हुन्।

खोरिया फाँडेर, व्यावसायिक केराखेती

पाल्पाको निस्दी गाउँपालिकामा झाडी खोरिया फाँडेर व्यवसायिक केराखेती गरिएको छ। निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा १७ हेक्टर खोरिया फडानी गरि व्यवसायिक केराखेती गरिएको हो।

हिमपातले कतै सकस कतै खुसी

हिमपात विभिन्न बस्तीमा ओहोरदोहोरमा समस्या भएको छ भने चिसोले मानिसहरू घरबाहिर निस्केका छैनन्, घरभित्र आगो बालेर बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्