७ वैशाख २०८१ शुक्रबार
समाज

घरको कौसीमै गाँजाखेती

काठमाडौं  - ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसीर छतभरि गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मा¥योर गाँजा फाँड्यो। लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग-यो। त्यसयता प्रहरीले घरका कौसीर छतमा समेत निगरानी बढाउन थालेको छ। लाँकुरीभन्ज्याङ क्षेत्रमा ५ सयरोपनीभन्दा बढी जमिनमा गरिएको गाँजाखेती प्रहरी परिचालन गरी जलाइयो।

ग्रामीण क्षेत्रमा लुकिछिपी गाँजा खेती गरिने भएपछि प्रहरीले ललितपुरमात्रै नभएर उपत्यकाभर गाँजाखेतीर ओसारपसारबारे निगरानी बढाएको छ। त्यस क्रममा ललितपुरमा मात्रै नभएर भक्तपुरको नगरकोट क्षेत्र, काठमाडौंको साँखु, चन्द्रागिरिलगायत क्षेत्रमा गाँजा खेती गरेको भेटियो। प्रहरीका अनुसार उपत्यकामा गाँजाखेती गरिएका ठाउँमै पुगेर नष्ट गरे पनि अन्य लागुपदार्थको सेवनर कारोबार बढेको छ। उपत्यकाभित्र लागुपदार्थसम्बन्धी दैनिक पाँचभन्दा बढी घटना हुने गरेका छन्।

प्रहरीले लागुपदार्थका प्रयोगकर्तार यसको कारोबार गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ। ‘अहिले हामीले पक्रनेर कारबाही गर्नेमध्ये ७० प्रतिशत भन्दा बढी लागुपदार्थका घटनासँग सम्बन्धित व्यक्ति छन्,’ महानगरीय प्रहरी परिसर जाउलाखेलका एसएसपी टेकप्रसादराईले भने, ‘लागुपदार्थ दुव्र्यसनीर यसका कारोबारी बढेका छन्। ललितपुरमा ५ सय ८७ जनामाथि लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार कारबाही भएको छ।’

उनका अनुसार एक वर्षयता ललितपुरमा डाइजापाम, नुफिन, फेनारगन, गाँजा, हेरोइन, नाइट्रभेट ट्याब्लेटलगायतका लागुपदार्थको सेवन बढेको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७५ वैशाख १ गतेदेखि यही पुस मसान्तसम्म १३ हजार ८ सय ४५ केजी गाँजा, ३ हजार ६५ केजी चरेस, १६ केजी हेरोइनर ८३ केजी अफिम बरामद भएको छ। यस्तै हजारौं ट्याब्लेट लागुऔषध पनि बरामद गरिएको छ। ‘अन्य घटनाभन्दा लागुऔषधका घट्ना बढी छन्,’ प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाले भने, ‘प्रमाणर प्रकृति हेरेर हामीले कारबाही गर्दै आएका छौं।’

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसपी वसन्त लामाले लागुपदार्थसँग सम्बन्धित घटना बढेसँगै यसलाई नियन्त्रण गर्न प्रहरीले चौतर्फी निगरानी गरेको बताए। उनले लागुपदार्थर अन्य प्रमाणका आधारमा मुद्दा चलाएर कानुनी कारबाही गरिने जानकारी दिए। ‘केही वर्षअघिसम्मको अवस्थालाई हेर्ने हो भने लागुपदार्थको प्रयोग छ्यापछ्याप्ती थियो। अहिले केही कम भएको छ। तर हामीकहाँ आउने धेरैजसो अपराधर घटना लागुपदार्थसँगै जोडिएका छन्,’ उनले भने।

त्यसो त लागुपदार्थ सेवन तथा कारोबारमा जेल चलान हुनेको संख्या पनि बढ्दो छ। नक्खु कारागारमा ७० प्रतिशतभन्दा बढी कैदी लागुपदार्थ सेवनर कारोबारसँग सम्बन्धितरहेको कारागारका शाखा अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार लागुपदार्थसम्बन्धी कारोबारमा बढी विदेशी मुछिएका छन्। लागुपदार्थ कारोबार गरेबापत १५ वर्षसम्मको जेल सजायर पाँच लाख जरिबानासहित १५ वर्षसम्म कैद हुने व्यवस्था छ। ‘विदेशीले नेपाललाई लागुपदार्थ कारोबारर मानव बेचबिखनको अखडा बनाएका छन्,’ उनले भने।

प्रकाशित: २ माघ २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App