२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

४९ मतदाताको मतदान केन्द्र

प्रतिनिधि र प्रदेश सभाका लागि ताप्लेजुङमा तोकिएका ११४ मतदान केन्द्रमा सबैभन्दा कम ४९ मतदाता रहेको पाइएको छ। सबैभन्दा बढी भने १ हजार ४० जना सम्म रहेका छन्।

मतदान अधिकृत छनौटमा एकलौटी भएको भन्दै विरोध

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदान अधिकृत छनोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी गरेको भन्दै कांग्रेस निटक कर्मचारीहरुले विरोध गरेका छन्।

नमूना मतदान अभ्यासमा उम्मेदवार

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगी मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । बिहीबार चुनाव प्रचार प्रसार छाडेर उनी सदरमुकामस्थित स्नोल्याण्ड होटलमा भएको नमूना मतदान केन्द्रमा मतपत्र लिएर मत हाल्ने प्रक्रिया सिक्न व्यस्त थिए ।

गोलाप्रथाबाट अधिकृतको मतदान केन्द्र ताेकिने

मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथा गरेर केन्द्र तोकिएको छ । नुवाकोटमा खटिएका दुई सय ६० जना मतदान अधिकृत र यत्तिनै संख्यामा सहायक अधिकृत गोलाप्रथा मार्फत छनोट गरिएको हो ।

नमूना मतदानमा भोट दिने अभ्यास

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको नमूना मतदानमा स्थानीयले मतदान गर्ने अभ्यास गरेका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट बदर हुन नदिनका लागि मतदाताले नमूना मतदानमा अभ्यास गरेका हुन् । हाटमा अाएका सर्वसाधारणलार्इ केन्द्रित गरेर जिल्ला निर्वाचन कार्यालयले दिक्तेलको हाटडाँडामा नमूना मतदानमा कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

नमुना मतदानमा २१ प्रतिशत मत बदर

मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जाजरकोट जिल्लामा भएको नमुना मतदानमा २१ प्रतिशत मतपत्रहरु बदर भएका छन् । जाजरकोटको विभिन्न गाउँहरुमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानको क्रममा २१ प्रतिशत मतहरु बदर भएको हो ।

एक सय ६७ तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने

आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने भएका छन्।  कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागी हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए।

कर्मचारीले मतदान गर्न पाउने/नपाउनेबारे एमिकस क्युरी पठाउन आग्रह

सर्वोच्च अदालतले निर्वाचनमा खटिने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले मतदात गर्न पाउने /नपाउने विषयको रिटमा वहस सुरु गर्दै एमिकस क्युरी मगाएको छ।

‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।

जाजरकोटमा १ सय १६ मतदान केन्द्रका लागि तयारी तिव्र

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा एक सय १६ वटा मतदान केन्द्र कायम गरि निर्वाचनको तयारीलाइ तिव्र पारिएको छ।

खोटाङमा ६ मतदान केन्द्र थप

प्रदेश र प्रतिनिधिसभाका लागि खोटाङमा ६ वटा मतदान केन्द्र थपिएको छ । यसअघि कायम गरिएको १३६ मतदानस्थलका १७३ मतदान केन्द्रलाई बढाएर आसन्न निर्वाचनका लागि १७९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ।  जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए। एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो।

जापानमा आमनिर्वाचनको मतदान हुँदै

जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्।  जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए।

एमाले जाजरकोटले मतदानबाट उम्मेदवार टुंग्यायो

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारहरुको छनोट गरेको छ। किरब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया भएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकास घर्तीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्