काठमाडौं- सर्वोच्च अदालतले निर्वाचनमा खटिने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले मतदात गर्न पाउने /नपाउने विषयको रिटमा वहस सुरु गर्दै एमिकस क्युरी मगाएको छ।
सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले विषयको गम्भिर्यतालाई ध्यानमा राखी नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट उक्त मुद्दामा भोलीको वहसका लागि एमिकस क्युरी पठाउन आग्रह गरेको हो। सर्वोच्चले रिटको सुनुवाई भोली (सोमबार) लाई समेत तय गरेको ।
कर्मचारीले पनि मतदान गर्न पाउने माग गर्दै उपन्यायाधीवक्ता भरत प्रसाद मैनालीले रिट दायर गरेका थिए।
प्रकाशित: १९ कार्तिक २०७४ ११:४५ आइतबार