२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जर्मनीमा मतदान जारी

जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन्। मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ।

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

प्रदेश नं। २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशतभन्दा बढी मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । उनले भने, ‘पटकपटक सरेर पनि राजनीतिक सहमति र समझदारीमा प्रदेश २ को चुनाव शान्तिपूर्ण, सौहाद्र्रपूर्ण भएको छ।’

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। २ नम्बर प्रदेशका ८ जिल्लामा भएको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान जारी

स्थानीय तहको निर्वाचनमा सोमबार सर्लाहीमा उत्साहपूर्ण रुपमा मतदान भएको छ। कतिपय मतदान केन्द्रमा त मतदाता जमेको पानीमै घण्टौं लाईनमा बसेर मतदान गरिरहेका छन्। आईतबार राती हुरीबतास सहित ठूलो पानी परेकाले कतिपय मतदान केन्द्रमा मतदाता उभिने ठाउँमा पानी जमेको छ।

मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)

तराईका आठ जिल्ला रहेको प्रदेश नं. २ मा सोमबार बिहानैदेखि मतदान भइरहेको छ। १ सय ३६ स्थानीय तहमा चुनाव भइरहेको हो। सोमबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेका मतदाताले भोट दिन पाउनेछन्।

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए।

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

वीरगन्ज–१८ का शिवनाथ राउतले (साबिक भवानी–६) २०७१ वैशाख ३० मा फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सपरिवार फोटो खिचाए । तर अहिले भोट हाल्ने बेलामा उनको नाम मतदाता सूचीमा छैन । उतिबेला आफूसँगै तस्बिर खिचाएका गाउँका अरु मानिस अहिले मतदान तयारीमा रहेका बेला राउत भने फोटो खिच्ने र नाम लेख्ने कर्मचारीले दिएको रसिद ( प्रमाण) लिएर निर्वाचन कार्यालय धाइरहेका छन् ।

प्रदेश २ मा मतदान सुरु

स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं. २ मा मतदान सुरु भएको छ। तेस्रो चरणको चुनावसँगै संविधानअनुसार देशभर स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले गर्नेछन्।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल मतदान गर्न गौरको मतदान केन्द्र आइपुगेका छन्। उनी बिहानै मतदान गर्न आफ्नो केन्द्र आइपुगेका हुन्।

मतदान केन्द्र तयार, मतदाता प्रतिक्षामा

अन्ततः सोमाबार हुने स्थानीय तहको दोस्रो चरण अन्तरगतको निर्वाचनको लागि कर्मचारी, मतदान केन्द्र, मतदाता, दल र उम्मेदवार सबै तयार छन्। निर्वाचनमा खटेका कर्मचारीहरुलाई आइतवार दिनभरी मतदानकेन्द्र बनाउने लगायत तयारीमा भ्याईनभ्याई रह्यो।

अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ

सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।

ढुक्क भएर मतदान गरौं

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मौन अवधिको बर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताएका छन् । उनले सुरक्षा व्यवस्था चुस्त भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

कर्मचारी अझै पुगेनन् मतदान केन्द्रमा

रौतहटका निर्वाचन आयोगका कर्मचारी अझै मतदान स्थलमा खट्न नसक्दा व्यवस्थापन भद्रगोल देखिएको छ । मतदान केन्द्रमा पुगेर शुक्रबार मतदाता परिचयपत्र वितरण गर्नुपर्ने कर्मचारीहरु निर्वाचन कार्यालयको लापरवाहीको कारण नियुक्ति र पारिश्रमिक बुझ्न बिहानदेखि लाइनमा बसेका छन् । बिहान आठबजेदेखि लाइन बसेका कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण मतदानस्थलमा पुग्न सकेका छैनन्।

मतदानबारे मतदाता अन्यौलमा

स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा अझै खुल्न सकेका छैनन् । उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता रिझाउन घर, खेत, खलिहान तथा हाट बजार समेतमा गएर भोट माग्न जाँदा मतदाताले सबैलाई भोट दिने आश्वासन दिइरहेका छन् तर कसलाई भोट दिने बिषयमा खुलेर कसैको पक्षमा प्रचार प्रसार गर्न सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्