५ आश्विन २०८१ शनिबार
image/svg+xml

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।

चिटिक्क भक्तपुर

२०७२ वैशाख १२ को भूकम्पले सांस्कृतिक नगरी भक्तपुर बिथोलिएको थियो। भूकम्पको पाँच वर्षपछि आइतबार भक्तपुर दरबार क्षेत्र पुग्दा आकाश पूरै खुलेको थियो। भत्किएका अधिकांश सम्पदा ठडिएका थिए। बजारमा धिमे र बाँसुरीको धुन बज्दै थियो। सांस्कृतिक नगरीका सम्पदाले आफ्नै लय लिएको देखिन्थ्यो।

नेपालकै पहिलो श्वासप्रश्वास केन्द्रमा उपचार सुरु

भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ। अथक प्रयासपछि नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालन गर्न सफल भएको भक्तपुर नगरपालिकाले दाबी गरेको छ। केन्द्रको बिहीबार एक समारोहबीच उद्घाटन गरी उपचार पनि सुरु गरिएको छ।

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल

स्वास्थ्यमन्त्री ढकालले कार्यविधि आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताएका छन्।

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु

भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयू) को बिहीबार एक समारोहबीच उद्घाटन गरे।

कोरोना रोकथामबारे बुझ्न मन्त्रालयको टोली भक्तपुरमा

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा भक्तपुर नगरपालिकाले गरेका क्रियाकलापको बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी लिएको छ।

भक्तपुर बलात्कार घटना : तीनै जना अभियुक्त सार्वजनिक

असोज १६ गते भक्तपुरमा गाडीभित्र जवर्जस्ती करणी गरेको आरोप लागेका तीनै जना अभियुक्तहरुलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त दिपेश राईसहित तीन नै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

सुनसान भक्तपुर (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी गरेको निषेधाज्ञा लागु गरिएको हो।

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताएकी छिन्।

भक्तपुरको बजेट एक अर्ब ८२ करोड

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौं नगरसभा बैठकमा नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट पेश गरेको हो ।

एकमतले पारित भयो नीति तथा कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।

भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा

भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा परेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको घाट क्षेत्र बेवास्तामा परेका कारण सबैतिर घाँंसे मैदान जस्तै बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्