२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भाइरल नियन्त्रण गर्न स्वास्थ्य शिविर र चेतना फैलाउन अभियान तिव्र

तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रण गर्न जिल्लाका विभिन्न गाउँहरुमा  स्वास्थ्य शिविर र चेतनामुलक अभियान तिव्र पारिएको छ ।  भाइरलबाट अहिलेसम्म १२ जनाको मृत्यु भइसकेपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीहरुले उपचार र जनचेतना फैलाउने अभियान तिव्र पारेका हुन् ।

प्रदूषण नियन्त्रण गर्न १५ निर्णय

काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषणको कारण जनस्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई लिएर बुधवार बसको मन्त्रिपरिषद् बैठकले पन्धवटा निर्णय गरेको छ । बसेको छ । विभिन्न सरोकारवाला निकायसहित बसेको बैठकले ती निर्णय सम्वन्धित सबै निकायले छिटो कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

भारत लैजान लागेका बालबालिकासहित दुई प्रहरी नियन्त्रणमा

जुम्लादेखि भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस देखेर सोधपुछ गरेपछि भारतमा  लैजाने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा

प्रहरीले अवैध रुपमा वालुवा निकाली लोड गरिरहेको अवस्थामा गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।

घरेलु मदिरा नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’

प्रहरीले घरेलु मदिरा नियन्त्रणका लागि सुर्खेत प्रहरीले ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरेको छ । घरेलु मदिराका कारण महिलामाथि हुने हिंसा र अन्य अपराध बढेको भन्दै यसको नियन्त्रणका लागि ‘अप्रेशन क्लिन’ अभियानको सुरुवात गरिएको प्रहरीले जनाएको छ ।

तेल बोकेको उत्तर कोरियाको जहाज नियन्त्रणमा

दक्षिण कोरियाले तेल बोकेको उत्तर कोरियाको दोस्रो जहाजलाई नियन्त्रणमा लिएको दावी गरेको छ। कोटी नामक तेल ट्यांकर बोकेको उक्त ध्वजाबाहक जहाजलाई पश्चिम बन्दरगाहबाट नियन्त्रणमा लिइएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

मानव बेचबिखन नियन्त्रणका लागि एप्स

बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।

स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ। बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताए।

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागी आठ घन्टापछि नियन्त्रणमा आएको छ । यो आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो।

निर्वाचन बिथोल्न खोज्ने एक हजार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ।

कांग्रेस उम्मेदवार थापा एमाले युवाको नियन्त्रणमा

मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।

गगन आक्रमणको ३ घन्टा भित्र ३० जना नियन्त्रणमा

काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई  गिरफ्तार गरेको छ ।

प्रदूषण नियन्त्रणका लागि ‘क्विक एक्सन टिम’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो ।

जिम्बाबे सैनिक नियन्त्रणमा

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई घरभित्रै नजरबन्दमा राखी जिम्बाबे सेनाले मुलुकलाई नियन्त्रणमा लिएको छ । सेनाले बुधबार सरकारी सञ्चार माध्यमहरू सैनिक नियन्त्रणमा लिएको थियो । त्यसपश्चात् बिहीबार राष्ट्रपति मुगाबेलाई घरमा नजबन्द गरी सैनिक शासन चलाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्