२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेल बोकेको उत्तर कोरियाको जहाज नियन्त्रणमा

सोल – दक्षिण कोरियाले तेल बोकेको उत्तर कोरियाको दोस्रो जहाजलाई नियन्त्रणमा लिएको दावी गरेको छ। कोटी नामक तेल ट्यांकर बोकेको उक्त ध्वजाबाहक जहाजलाई पश्चिम बन्दरगाहबाट नियन्त्रणमा लिइएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

यसअघि दक्षिण कोरियाले हङकङबाट ६०० टन तेल बोकेर उत्तर कोरियातर्फ गइरहेको जहाजलाई येओसु बन्दरगाहाबाट जफत गरेको थियो ।

उत्तर कोरियाको आणविक हतियार परीक्षणविरुद्ध संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका बेला त्यसको उल्लंघ गर्दै तेल निर्यात गरेपछि दक्षिणले जहाज जफत गरेको बीबीसीले उल्लेख गरेको छ।

दोस्रो जहाजमा चिनियाँ र बर्मेली चालक दल रहेको र ५१००टन तेल बोकेको पाइएको दक्षिण कोरियाले बताएको छ। यो जहाज पनि हङकङबाटै आएको दक्षिणको दाबी छ।

प्रकाशित: १६ पुस २०७४ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App