काठमाडौ– काठमाडौ–४ का कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए ।
चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका- २ चपलीको माटोकोलोनीमा बम आक्रमण भएको थियो । यो आक्रमणमा थापा सहित उनका दश जना सहयोगी घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउकोमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रकाशित: १८ मंसिर २०७४ १०:४९ सोमबार