२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कर्मचारीलाई गालीगलौज गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा फेटा गाउँपालिका २ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।

एसइई परीक्षाको तयारी पूरा, ४ लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

गगनले भनेः फेसबुक नियन्त्रणका नाममा बोल्न पाउने अधिकार खोसिँदैछ, सचेत हुनुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।

लागूऔषध सहित चारजना पक्राउ

सर्लाही प्रहरीले दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार बिहान २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

धुलिखेलका होटल रिसोर्टलाई खाद्य स्वच्छता लोगो र स्टिकर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धुलिखेलका होटल तथा रिसोर्टलाई ‘स्वच्छता स्तरीकरण लोगो र स्टिकर’ प्रदान गरेको छ। विभागले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो।

गृहको एक वर्षे उपलब्धि : शान्ति सुरक्षा सुधारदेखि सिण्डिकेट अन्त्यसम्म

गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेको सोमवार एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

काजगमा सीमित उत्खनन मापदण्ड

पछिल्लो सात महिनाको अवधिमा जिल्लाका विभिन्न नदी तथा खोला अवैध उत्खननमा प्रयोग गरिएका दुई सय ६१ ट्याक्टर, सात एक्साभेटर र १० टिपर गरी दुई सय ७८ साधन नियन्त्रणमा आएको जिल्ला समन्वय समिति दाङको तथ्यांकमा उल्लेख छ। उत्खननको निगरानी गर्ने जिम्मेवारी पाएको जिल्ला अनुगमन समितिका अनुसार ती सबै साधन अवैध उत्खननमा प्रयोग भइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

भ्रष्टाचार  : सामान्य उपचार हैन, शल्यक्रिया

नेपालमा भ्रष्टाचार नियन्त्रण  सामान्य उपचारले होइन जटिल शल्यक्रियाबाट मात्र सम्भव छ भन्ने आम बुझाइ छ । भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले भर्खर मात्र भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरेको छ।  १८० देशमा गरिएको सर्वेक्षणमा सन् २०१८ मा नेपाल गत वर्षको अंकमा नै चित्त बुझाउन बाध्य देखिएको छ भने बीचको १ वर्षमा थप २ मुलुकले नेपाललाई उछिनेका छन्।

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

अमेरिकी विशेष दूतसँग कतारमा भएको वार्तामा तालिबानी समूहको नेतृत्व गरेका एक नेताले तालिबानले सैन्य हस्तक्षेपमार्फ्त अफगानिस्तानमा पूर्ण नियन्त्रण गर्न नचाहेको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्।

१८ जिल्लामा कुष्ठरोगी

सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आइतबार सार्वजनिक गरेको तथ्याँकले नेपालमा पछिल्ला वर्षहरुमा कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ। तथ्यांकअनुसार १८ वटा जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

चोभारमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ३० जना प्रहरी नियन्त्रणमा

चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चोभारबाट ३० जना भन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्नेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई परिसरको हिरासतमा राखिएको छ।

‘स्वाइन फ्लु फैलिएको छैन’

हाल समुदायमा फैलिरहेको संक्रमण स्वाइनफ्लु नभएर इन्फ्लुएन्जा रहेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मौसमी इन्फुलुन्जाले ज्यान लिन सक्छ !

एकै छिनमा इन्फुलुन्जा सर्नसक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ। सतर्क हुनुहोस् है ! चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फुलुन्जा एचवान एन वान’को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ।

अधिकांश खाद्यवस्तु गुणस्तरहीन

बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्। उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्