२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

प्रहरीलाई टिकटक चलाउन बन्देज

सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ। पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन्।

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

शिक्षक दरबन्दी मिलानविरुद्धको रिट खारेज

हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यका साथ गरिएको दरबन्दी मिलानविरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा तालाबन्दी

विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम शुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामोे समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा गर्नुपर्ने पनि माग

हिरासतमा बन्दीलाई कुटेर मारेको आरोप, आफन्तद्वारा विराटनगरमा प्रदर्शन

मृतकका भाइ वीरेन्द्र कामतले मृतकको दुबै खुट्टामा डोरीले बाँधेको डाम देखिएका कारण प्रहरीको कुटाइबाटै दाजुको मृत्यु भएको दाबी गरे। उनले भने ‘हिरासतमा राखिएको मानिसको दुबै खुट्टामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले बाँधेर कुट्टा दाजुको मृत्यु भएको हो।’

हदबन्दी छुटको जग्गा बेच्न चलखेल

ऐनको यही प्रावधानका आधारमा गिरीबन्धुलाई अनुमति दिइएको हो। मन्त्रिपरिषद्ले झपास्थित गिरिबन्धु टी स्टेटको जमिन सट्टापट्टा तथा स्थानान्तरण गर्न अनुमति दिएको भए पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ओली नेतृत्वको सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न दिएको स्वीकृति कार्यान्वयन नगर्न निर्देशन दिएको छ। झापाको गिरिबन्धु टी स्टेट एउटा उदाहरण मात्र हो। मुलुकका ३४ जिल्लामा एक सय ६७ कम्पनी तथा संस्थाले एक लाख ८८ हजार नौ सय ७८ रोपनी जग्गामा हदबन्दी छुट लिएका छन्।

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।

सङ्क्रमणले मालपोतको सेवा बन्द

कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए ।

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए। उनका लागि त्यो ९ हजार रुपैयाँ राम्रो आम्दानी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्