२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन आयोगले भोलि प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन निवार्चन आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएको छ।

पर्यटकीय गन्तव्य बन्दै पामडाँडा

पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

अनेरास्ववियुद्वारा बाजुरा बन्द

विद्यार्थी नेता चेयन अयडी हत्यामा संलग्नलाई पक्राउको माग राखेर अनेरास्ववियुले बाजुरा ठप्प पारेको छ।

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।

स्थापित नेतालाई चुनौती बन्दै नयाँ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार लड्दा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई मुख्य राजनीतिक दलहरूले आफ्नो प्रतिस्पर्धी ठानेका थिएनन्।

खाँणलाई चुनौती बन्दै राप्रपाका बोहोरा

चुनावी समीकरण र माहोल केलाउँदा अहिलेसम्म खाँण नै बलिया देखिन्छन्। पाँच दलीय गठबन्धनमा जनमुक्ति पार्टी पनि थपिँदा खाँणको पल्ला भारी देखिएको हो।

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ५ दर्जन बढी कैदीबन्दीेले मतदान गर्न पाउने भएका छन्।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक: नाकाबन्दीसँगै सुरु, अझै बनेन

सरकारले २०७२/७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

भरूवा बन्दुकसहित एक जना पक्राउ

गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

आलोचित बन्दै निर्वाचन आयोगः एकपछि अर्को निर्णय उल्टिँदै

सञ्चारमाध्यममा लेखिएका समाचारका विषयलाई लिएर ‘सेतोपाटी अनलाइन’लाई पत्र पठाएपछि आयोगको चौतर्फी आलोचना भएको थियो। समाचारको विषयलाई लिएर स्पष्टीकरण सोधिए पनि आयोग अहिले पछाडि हटेको हो। मिडिया नियन्त्रण गर्ने कुनै नीति नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार आयोजित एक कार्यक्रममा स्पष्ट पारे। ‘निर्वाचन आयोगको अभिभारा’ विषयक कार्यक्रममा थपलियाले भने, ‘हाम्रा साथीहरू बढी जान्ने भएर पत्र पठाएछन्। हामीले निर्णय फिर्ता लिइसक्यौं।’

राजधानीमा पनि लोकप्रिय बन्दै छठ

पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न्। तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्छन्, 'पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो। सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो। अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु।'

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ। कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ।

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो। सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्