९ मंसिर २०८१ आइतबार
image/svg+xml

बगनाशकाली गाउँपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

जिल्लाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको छ।

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्।

शैक्षिक प्रमाणपत्र धितोमा सात लाखसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । पाँच प्रतिशत ब्याजदरमा उक्त ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५- ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ। समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो।

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका आवासीय एवं गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेको छ।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज प्रमाणपत्र वितरण गरिएकाे छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नव निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधवार प्रमाणपत्र वितरण गरियो।प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली कांग्रेसका  मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र

निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न भएको निर्वाचनबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरूलाई आज प्रमाणपत्र वितरण  गरेको छ।

प्रमाणपत्र सडकमा देखाउँदै हिडिदैन : प्रधानन्यायाधीश पराजुली

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू योग्य र सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको बताएका छन्। शुक्रवार पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले आफ्ना सबै प्रमाण पत्रहरु संसदीय सुनुवाई समितिमा पेश गरिसकेकाले अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक नभएको बताए।

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले बुधबार पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो।

रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

प्रतिनिधिसभा सदस्य विजयी रेशम चौधरीले वारेसमार्फत जितेको प्रमाणपत्र नपाउने भएका छन् । सर्वोच्च अदालतले अभियोग लागेको व्यक्तिले सफाई नलिएकाले प्रमाणपत्र लिन नपाउने निर्णय गरेको छ । वारेसमार्फत जितेको प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठ गर्ने यसअघिको निर्णयलाई पनि अदालतले सदर गरेको छ । चौधरी २०७२ भदौ ७ गतेको टिकापुर घटनाको मुख्य अभियुक्त हुन् ।

रेशम चौधरीको प्रमाणपत्र कुरियरबाट निर्वाचन आयोग पठाइयो

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्।

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

वाह ! हिमाल चढाउने पेसा । नाम पनि, दाम पनि । हिमाल चढाउने आरोहीलाई धेरैले यसै भन्छन् । हिमालका चुनौतीसँग लड्ने साहस जुटाएर अरुलाई हिमाल चढाउँछन् उनीहरू । तर, उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छैनन् । दुई वर्षयता सरकारबाट हिमाल चढेको प्रमाणपत्र नपाउँदा उनीहरू निराश भएर हिमाल चढिरहेका छन् । लाक्पा राङ्डु शेर्पाले गत वर्षको सिजनमा चार विदेशीलाई सगरमाथाको चुचुरो चुमाए । तीनलाई सरकारले सगरमाथा चढेको प्रमाणपत्र दियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्