१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘कोभिड विशेष नर्स समूह’ गठन : सङ्क्रमितलाई परामर्श सुरु

कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित तथा परिवारका लागि निःशुल्क परामर्श सेवा सुरुवात गरेका छन्।

नेपालमा नर्समाथि चर्को शोषण

नेपालमा नर्सको विभिन्न बहानामा शोषण हुने गरेको नर्सहरूले गुनासो गरेका छन्। बिहीबार ५९औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा उनीहरूले यस्तो गुनासो गरेका हुन्।

सरकारले भर्ना नलिँदा नर्सहरू बेरोजगार बस्नुपरेको नर्सिङ संघकी अध्यक्ष राईको दाबी

नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राईले सरकारी अस्पतालले पर्याप्त मात्रा भर्ना नलिँदा ठूलो संख्यामा नर्सहरु बेरोजगार तथा विदेशिनुपरेको बताएकी छन्।

विराट नर्सिङ होमका चिकित्सकमा देखियो कोरोना

मंगलबार रातिबाट सम्पर्कविहीन रहेका विराटनगरका ६५ वर्षीया एक व्यक्ति कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ संक्रमित खोजतलासपछि महानगरपालिकाले फेला पारेको छ । कोरोना संक्रमित व्यक्तिको मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल)ले अस्पतालमै स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पताल पठाएको थियो ।

करारमा कर्मचारी पदपूर्ति गर्न प्रदेश सरकारलाई आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ।

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो।

नर्सको नाम दर्ता परीक्षा ३० गते

नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ।

पहिलो चरणमा नर्सिङ केयरगिभर

नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो।

नर्सिङ भर्ना कोटामा भागबन्डा

समितिका सदस्यले काडमाडौंमा बसेर यस्तो निर्णय गरेको बुझिएको छ। योग्यता पुगेका सबैले प्रतिस्पर्धाका आधारमा भर्ना पााउने वातावरण बनाउन जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले समितिलाई सुझाव दिएका छन्।

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

नेपाल नर्सिङ संघले अनशनरत नर्सहरुको बिरोधको बिषयलाई लिएर लोकसेवा परीक्षा स्थगित गर्ने प्रस्ताव राखेको जनाएको छ।

सरकारी र निजी अस्पतालको श्रम अडिट गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी र निजी दुवै अस्पताल तथा क्लिनकमा एक महिना १५ दिनभित्र श्रम अडिट गरिने बताएका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती क्षेत्रमा सेवारत नर्स, स्वास्थ्यकर्मी तथा अन्य श्रमिकले श्रम ऐनले निर्धारण गरेका सेवा पाए, नपाएको बारे जानकारी लिन र नदिने अस्पताललाई कारबाहीको दायरामा ल्याउन सो कार्य गर्न लागिएको जानकारी गराए।

निशु ‘नर्सिङ आइडल’

नर्सिङ पेशामा आबद्ध सुन्दरीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको ‘नर्सिङ आइडल २०१९’ को दोस्रो संस्करणको उपाधि स्वास्थ्य परिचारिका निशु महर्जनले जितेकी छन्।

अष्ट्रेलियामा अलपत्र विद्यार्थीकाे समस्या बुझ्न छानबिन समिति

अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्न गएका १२ विद्यार्थी अलपत्र परेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाबारे अध्ययन अनुसन्धान गर्न छानविन समीति गठन गरेको छ। शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री गिरीराजमणी पोखरेलले अष्ट्रेलियामा पढ्न गएका विद्यार्थी कसरी र किन अलपत्र परे, विद्यार्थीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न घटना अध्ययन तथा समस्या समाधान गर्न छानविन समीति गठन गरेको बताए।

सजिलो छैन नर्सिङ पढाउन

उच्च शिक्षाभित्र पनि प्राविधिक शिक्षाअन्तर्गत थुप्रै संकाय छन्। त्यसमध्ये एक हो–नर्सिङ संकाय। पहिले महिलाले मात्र पढ्न पाउने व्यवस्था थियोतर अहिले भनेयो संकायमा दुई प्रतिशत पुरुषका लागि पनि सिट छुट्ट्याइएको छ। यो विषय पढ्नका लागि व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यकपर्छ। धैर्य, कामप्रतिको जिम्मेवारी, जुनसुकै समयमा पनि काममा सक्रिय हुन सक्ने गुण हुनैपर्छ।

नर्सिङ संघको विपद् लक्षित एप्स

विपद्का समयमा प्रभावकारी रूपमा तथ्यांक संकलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ संघले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि संघले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक संकलन महत्वपूर्ण मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्