८ आश्विन २०८१ मंगलबार
image/svg+xml

समृद्ध नेपालका लागि गरिबी अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधबार आयोजना गरेको ‘दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’ कार्यक्रममा यस्तो धारणा राखेकी हुन् । गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने बताउँदै गरिवी निवारण गर्न सरकार, सहकारी, निजी क्षेत्र र विकासका साझेदारले एकीकृत प्रयास गर्नुपर्ने बताइन् ।

चितवन दूधमा आत्मनिर्भर

चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्।  ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ।

‘सहकारीको तीर्थस्थल बनाउने’

धौलागिरिका सहकारीकर्मीले बागलुङलाई सहकारीको तीर्थस्थल बनाउने घोषणा गरेका छन्। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा भएको धौलागिरी स्तरीय बृहत् सहकारी सम्मेलनमा सहकारीकर्मीले यस्तो घोषणा गरेका हुन्।

मन्त्रालयले बाँड्यो साढे ४२ करोड

प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा साढे ४२ करोड रुपैया“ अनुदान वितरण गरेको छ। कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले किसान, कृषि सहकारी संस्था तथा व्यवसायीलाई ४२ करोड ५४ लाख रुपैया“ अनुदान वितरण गरेको मन्त्रालयले जनाएको छ।

नागरिक फ्रन्टलाइन: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, पद्मा कुमारी अर्याल

नागरिक फ्रन्टलाइन: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, पद्मा कुमारी अर्याल

मुख्य आरोपी पाठक प्रहरी नियन्त्रणमा

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। २०५१ सालमा स्थापना भएको उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।

सहकारी नीति पुनरावलोकन हुँदै

सरकारले राष्ट्रिय सहकारी नीति पुनरावलोकन गर्ने तयारी गरेको छ। सहकारी ऐन–२०७४, सहकारी नियमावली–२०७५ जारी गरिसकेको परिवर्तित सन्दर्भमा नयाँ नीति आवश्यक भएकाले परिमार्जन गर्न लागेको हो।

सहकारीले रकम हिनामिना गरेपछि...

नेपालगन्ज, पुरैनाका फायद्धिन अचेल दिनहुँ सहकारी वित्तीय संस्था लिमिटेड कार्यालयमा धाईरहेका छन्। दुःख, मेहेनत गरी कमाएर बचत गरेको रकम नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडले हिनामिना गरिदिएको हल्ला सुनेपछि उनी दिनहुँ कार्यालयमा धाउन थालेका हुन्। उक्त सहकारीमा आफुले ३ लाख ८५ हजार जम्मा गरेको फायद्धिनले सुनाए।

भूमि तथा सहकारीमा सात अर्ब

सरकारले आगामी आर्थिक ०७६/७७ मा भूमि तथा सहकारी क्षेत्रका लागि सात अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ। सहकारी संस्थाको नेतृत्वमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण र लक्षित गरिबी निवारण कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। सहकारीको माध्यमबाट कृषि प्रविधि, कृषि प्रसार र कर्जामा सहज पहुँच सुनिश्चित गर्ने, सहकारीको क्षेत्रगत दायरा फराकिलो पार्दै उद्योग, पर्यटन, उर्जा, आवास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकारीको उपस्थिति बढाउँदै लग्ने अर्थमन्त्री युवराज खतिवडाको बजेट भाषणमा उल्लेख छ।

भूमि सदुपयोग गर्ने एजेन्डा सरकारको उच्च प्राथमिकतामाः मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमि र सहकारीको सदुपयोग गर्दै मुलुकमा गरिवी निवारण गर्ने योजना अघि सारेकी छिन्।

सुरक्षागार्ड हजुरआमा

शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर

मौरीपालक महिलाले आफ्नो छुट्टै सहकारी स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन्। किसानबाट सहकारीमा वार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारीकी व्यवस्थापक देवी ओलीले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्