१८ कार्तिक २०८१ आइतबार
image/svg+xml

मादल बनाएर मनग्य आम्दानी

नेपालमा रोजगारी छैन त्यसकारण विदेशमा काम गर्न जानुपर्छ भन्ने मानसिकता राख्ने धेरै युवाका लागि एउटा उदाहरण बनेका छन्, भक्तपुरका हरिशंकर कुलुजूको परिवार। उनको परिवारले मादल बनाएरै महिनामा ४०–५० हजार रूपैयाँ आम्दानी गर्ने गरेको छ।

विदेशको कमाइले सन्तानलाई अंग्रेजी शिक्षा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाका लक्ष्मी पौडेल वैदेशिक रोजगारीका सिलसिलामा अहिले कोरियामा छन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले श्रीमती मुनाका साथमा छोरी कुसुमलाई दिक्तेल(पुरानो सदरमुकाम)मा राखेर बोर्डिङ स्कुलमा पढाइरहेका छन्।

‘भेन्डर’ फेर्न आर्थिक चलखेल

मलेसियासँग श्रम समझदारी (एमओयु) गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ। कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसियामा कामदार पठाउने मामिलामा ‘गुपचुप’ छ।

मिस वर्ल्ड प्रतिस्पर्धी श्रृंखलाले भनिन्, ‘हाम्रो देशको ठूलो समस्या बेरोजगारी’

मिस नेपाल श्रृंखला खतिवडाले देशको प्रमुख समस्या बेरोजगारी भएको बताएकी छिन्। चीनमा जारी मिस वल्र्ड प्रतियोगिताकी प्रतिस्पर्धी रहेकी खतिवडाले ‘हेड टु हेड च्यालेञ्ज’मा छनोटका लागि सोधिएको प्रश्नमा नेपालको ठूलो समस्या बेरोजगारी भएको र पर्यटनका माध्यमबाट यसको अन्त्य गर्न सकिने बताएकी हुन्।

कामदार पठाउने प्रक्रिया सुरु गर्न मलेसियाको आग्रह

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।

विदेशिने कामदारलार्इ दक्ष बनाअाैंःउपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष बनाएर मात्र वैदेसिक रोजगारीमा पठाउनुपर्ने बताएका छन्।

मलेसिया खुल्न अझै एक महिना लाग्ने (भिडियो)

समझदारी पत्रमा हस्ताक्षर गरेको दुई साता बित्दा पनि सुरु हुन नसकेको रोजगारीको लागि मलेसिया जाने प्रक्रिया सुचारु हुन अझै एक महिना लाग्ने भएको छ।

कर्णालीका गाउँ युवाविहीन

दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन् । चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन् । यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्।

एमओयु भयो, कामदार पठाउने प्रक्रिया सुरु भएन

मलेसियासँग श्रम समझदारी (एमओयु) भएको दुई साता बिते पनि कामदार पठाउने प्रक्रिया अझै अन्योलमा छ।

‘वैदेशिक रोजगारीमा खाडीको विकल्प खोज्ने बेला आइसक्यो’

वैदेशिक रोजगारीमा जाने युवा समस्यामा पर्ने क्रम नघट्नुका विभिन्न कारणमध्ये लामो समयदेखि नयाँ गन्तव्य नखोजिनुलाई मुख्य रूपमा लिइएको छ।

वैदेशिक रोजगारी कहिलेसम्म?

इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो।

मलेसिया रोजगारी खुल्दै

बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन्।

जापान पठाउने भन्दै ठगी गर्ने कोइराला पक्राउ

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका ३७ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

एक वर्षमा २ अर्व २४ करोड रेमिट्यान्स भित्रियाे

धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरुको लर्को जति लाग्छ, त्यति नै रेमिट्यान्स पनि आउने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्