१९ कार्तिक २०८१ सोमबार
image/svg+xml

परिवार सँगै छैन दसैँ खल्लो लाग्छ

नेपाली समाजमा रिनधन गरेर भए पनि दसैँ रमाइलो गरी मनाउने चलन छ । हुनेखानेले मात्र होइन हुँदा खानेले पनि वर्षमा एकचोटि नयाँ लुगा र टीका–जमरा लगाएर ठाँटिने र वर्षभरिका पिरबेथा भुल्ने चाड हो दसैँ । कसैले केही मोज गर्यो भने नेपालीमा भनाइ नै छ– ‘यसलाई त दसैं पो आएछ ।’

‘पाँच वर्षमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं’

स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक सरदर ११–१२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीलाई कम गर्ने अभियानमा छन्।

‘बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था ५ वर्षमा अन्त्य गर्छौं’ (भिडियो)

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि आर्थिक व्यभार थोपरिएको भन्दै मलेसियाको भिसा प्रक्रियासहित अन्य प्रक्रियामा आवद्ध ५ संस्थाहरु जेठ २ गते खारेज गरेपछि बन्द रहेको मलेसियाको रोजगारी नयाँ शिराबाट सूचारु हुने भएको छ। विना कुनै सम्झौता डेढ दशक अघिदेखि कामदार लिने/दिने प्रक्रियामा करिब साढे चार महिना लागेको ब्रेक हटाएर अन्ततः दुई देशका अधिकारी श्रम सम्झौतामार्फत कामदार लिने सहमतिमा पुगेपछि नेपालीका लागि मलेसिया जाने ढोका चाडै खुल्ने संकेत मिलेको हो।

स्वदेशमा काम छाडी विदेशतिर

रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन्।

श्रमिक सम्बन्ध

वैदेशिक रोजगारी क्षेत्रमा नेपाली युवाका लागि पहिलो रोजाइ गन्तव्य बनेको मलेसियासँग श्रम समझदारी गर्ने सरकारको प्रयास एक दशकपछि सार्थक बन्न लागेको छ। सन् २००७ मा मलेसियाका लागि नेपाली राजदूत ऋषि अधिकारीले त्यहाँको सरकारसँग श्रम समझदारी गर्न पहल सुरु गरेयता बागमतीमा धेरै पानी बगिसकेको छ।

अलमलमा मलेसियाको रोजगारी, करोडौं रूपैयाँ गुम्दै

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार पठाउने विषयमा कुनै निर्णय हुन नसक्दा राज्य, वैदेशिक रोजगार व्यवसायी तथा कामदार स्वयंले करोडौ रुपैयाँ गुमाउनु परेको छ। कामदार पठाउने विषयमा नेपाल र मलेसिया सरकारबीच समयमै समझदारी नहुँदा करोडौ रकम गुम्ने अवस्था आएको हो।

नाै लाख प्रतिष्ठानमा ३४ लाखलाई रोजगारी

मुलुकमा सञ्चालित ९ लाख २२ हजार प्रतिष्ठान तथा व्यवसायले ३४ लाख जनालाई रोजगारी दिइएको पाइएको छ।

पद छाडेर जनप्रतिनिधि नै वैदेशिक रोजगारीमा

रम्भा गाउँपलिका वडा नं. ४ का वडा सदस्य वैदेशिक रोजगारमा गएका छन्। स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित डेमानसिंह सारु रोजगारीका लागि बहराईन गएका हुन्।

भौतारिँदै विदेश, पछुताउँदै स्वदेश

गल्छी गाउँपालिका–४ भदौरेका राजेन्द्र प्याकुरेललाई विदेश गएर धेरै पैसा कमाउने धोको थियो। टिनको छानामुनिको ओत छाडेर उनी २०७१ सालमा मलेसिया हानिए।

बेरोजगारलाई कि रोजगारी कि निर्वाह भत्ता

के तपाईं रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगारी उपलब्ध गराउने छ । रोजगारी दिन नसके ‘निर्वाह भत्ता’ दिनेछ।

वैदेशिक रोजगारीमा गएका युवालाई सञ्चयकोषको व्यवस्था गर्ने सरकारको तयारी

सरकारले कामका लागि विदेश जाने कामदारलाई सञ्चयकोषको व्यवस्था गर्ने तयारी थालेको छ। युवा अवस्थामा विदेसिने तर स्वदेश फर्केपछि जीविकोपार्जनमै समस्या आउने अवस्था देखिएपछि सञ्चयकोषको व्यवस्था गर्ने तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

उद्योगमार्फत रोजगारी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले नयाँ उद्योगको स्थापनामार्फत नेपालमा मात्र नभएर सार्क राष्ट्रमै अविकास, गरिबी र पछौटेपन हटाउनुपर्नेमा जोड दिएका हुन् ।

कुवेतमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । खोटाङको दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका नीरबहादुर राईको मृत्यु भएको हो।

सरकारले रोजगारीको ग्यारेन्टी गर्ने

सरकारले अनिवार्य रोजगारीको नीति कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। सरकारले बजेटमार्फत सार्वजनिक गरेको अनिवार्य रोजगारीको कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्