९ मंसिर २०८१ आइतबार
image/svg+xml

वडाध्यक्षद्वारा गाउँमा गस्ती

कोभिड –१९ बाट बच्नका लागि जनजागरण ल्याउन दक्षिणी रसुवाका लाङ्बु तथा थाङ्दोर क्षेत्रमा  जनप्रतिनिधि आफैँले नियमित गस्ती गर्न थालेका छन्।

युवाले रोके सरकारी गाडी

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन्।

जनप्रतिनिधिले कोरोना उपचार कोषमा रकम जम्मा गर्ने

खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेका छन्।

कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।

जनप्रतिनिधिलाई अनलानइनबाटै कोरोनासम्बन्धी तालिम

कोरोना संक्रमणको रोकथाम र व्यवस्थापनमा स्थानीय जनप्रनिधिको भूमिकालाई सक्रिय बनाउन संघीय सरकारले स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनसम्बन्धी अनलाइनबाटै तालिम दिने भएको छ।

संक्रमित देशबाट फर्कनेलाई खोज्दै जनप्रतिनिधि

विदेशबाट फर्कनेमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरु वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई निगरानी गर्ने र उनीहरुको खोजी गर्ने कार्यमा लागेका छन्।

कोभिड–१९ : सचेतनामा अहोरात्र खट्दै जनप्रतिनिधि

यहाँको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन नगरवासीलाई सचेतना फैलाउन अहोरात्र  खटिएका छन।

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछपुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानूनका विषयमा प्रशिक्षण दिएको छ।

शीर्षक बदलेर जनप्रतिनिधिलाई थप सुविधा

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्बन्धी ऐन खारेज गरिदिए पनि प्रदेश ५ मा पहिलेभन्दा धेरै सेवासुविधा दिनेगरी सरकारले विधेयक तयार गरेको छ। प्रदेश सरकारले नयाँ विधेयकमार्फत शीर्षक बदलेर पहिलेको तलब सुविधाभन्दा धेरै भत्ता सुविधा दिन थालेको हो।

मन्त्रीलाई कारबाही गर्न जनप्रतिनिधिहरूको माग

सेक्युरिटी प्रेस खरिदमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बागेर्निङ गरेको भिडियो सार्वजनिक भएपछि रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘७० करोड घुस माग्ने मन्त्रीलाई प्रधानमन्त्री ज्यूले तुरुन्त बर्खास्त गरी जेल हाल्नु पदर्छ। स्याबास कम्युनिस्टको मन्त्री गोकूलप्रसाद बाँस्कोटा, पार्टी र सरकारको बदनाम।’

जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा

महानगरपालिकाले बितेका दुई आर्थिक वर्षमा जनप्रतिनिधि, कर्मचारी र पहुँचवालालाई उपचार खर्चका नाममा ६८ लाख्र रुपैयाँ गैरकानुनी रुपमा वितरण गरेको छ।

'जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण समस्या'

कमशल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

मानव बेचबिखनमा जनप्रतिनिधिको संलग्नता, वडाध्यक्ष पक्राउ

मानव बेचबिखनको आरोपमा जनप्रतिनिधिसहित तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। दक्षिणकाली नगरपालिकाका–४ का वडाध्यक्ष पुस्कर खड्कासहित अन्य दुई जनालाई मानव बेचबिखनमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

जनप्रतिनिधिसँग जनताका गुनासै गुनासा

किन, भेरीगंगाको शिक्षा क्षेत्र व्यवस्थित नहुने ?’ उनीमा मात्र स्थानीय तहको कामप्रति वितृष्णा छाएको छैन। भेरीगंगास्थित रामघाटकी शान्ता डाँगीलाई पनि स्थानीय तहले जनअपेक्षाअनुसार काम गर्न नसकेको अनुभूति हुन्छ। सुन्दर नेपाल संस्थाले आयोजना गरेको साझासभा कार्यक्रममा शान्ताले जनप्रतिनिधिले यसभन्दा अघि गरेका प्रतिबद्धता स्मरण गराइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्