५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

काठमाडाैँ - महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछपुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानूनका विषयमा प्रशिक्षण दिएको छ। तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २० महिला जनप्रतिनिधिको सहभागिता थियो। फागुन १६ देखि १८ गतेसम्म दिएको प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो।

कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानूनका बारेमा जानकारी गराएकी छिन्। मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ का प्रमुख विशेषता तथा त्यसमा महिला तथा बालबालिकाका बारेमा उल्लेख भएका प्रावधानका  बारेमा उनले प्रशिक्षण दिएकि हुँन्।त्यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले महिला सशक्तीकरण तथा क्षमता विकास र प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बजेट तथा स्थानीय तह सञ्चालन ऐन, जनप्रतिनिधिको क्षेत्राधिकार तथा वडा र कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएकि हुँन्।

तालीम समापन अवसरमा उपाध्यक्ष दवाडीले अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र कानूनबारे जानकारी नहुँदा समस्या हुने गरेको बताउँदै कानूनी साक्षरताका लागि गाउँपालिकाले प्रशिक्षण अभियान नै थालेको बताइन। उनले जनप्रतिनिधिले संविधान, ऐन, कानून तथा कार्यविधिको राम्रोसँग अध्ययन गर्नुपर्ने र कानून निर्माणकर्तासमेत भएकाले बढीभन्दा बढी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन।

चालू आर्थिक वर्षको महिला लक्षित स्वीकृत वार्षिक कार्यक्रमअनुसार क्षमता विकाससम्बन्धी तालीम प्रदान गरिएको बताउँदै गाउँपालिका महिला विकास निरीक्षक एवं तालीम संयोजक रीता थापाले यसबाट काम गर्ने क्रममा आइपर्ने समस्याको उचित कानूनी समाधानमा सघाउने विश्वास व्यक्त गरिन। रासस

प्रकाशित: १९ फाल्गुन २०७६ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App