२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता

उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।

कटारी अस्पताललाई हेल्पिङ हर्टको सहयोग

कटारी अस्पताललाई २७ लाख बराबरको स्वास्थ्य सामग्री तथा औजार उपकरण प्राप्त भएको छ। ‘हेल्पिङ हर्ट फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले अस्पताललाई ती सामग्री प्रदान गरेको हो।

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

उदयपुरको दोस्रो ठूलो नगरपालिका कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।

साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द

स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।

उपत्यकाबाहिर सात जिल्लामा मेडिकल कलेज : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशका विभिन्न ठाउँमा मेडिकल कलेज (चिकित्साशास्त्र अध्ययन संस्थान) खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

उदयपुरका पालिकाहरूको पुँजीगत खर्च निराशाजनक

उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।

कटारी-घुर्मी सडक मर्मतको माग गर्दै ‘सडक बैठक

वर्षौंदेखि जीर्ण सिद्धिचरण लोकमार्ग मर्मत नगरेको भन्दै स्थानीयले नयाँ शैलीले विरोध गर्न थालेका छन्। लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको मर्मत नगरेको भन्दै बीच सडकमै स्थानीयले बैठक राखेर विरोध जनाउन थालेका हुन्।

सुरु भयो १५ दिने ‘मैनी मेला’

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्