१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

चार सय ‘चन्दादाता’ को सूची जफत, अधिकतम दर २० लाख

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।

नहरको पानी पुनः नदीमै फालियो

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ।

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ । सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो । कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

पहिलो खण्ड सञ्चालन, १४ हजार हेक्टरमा सिँचाइ

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ।

यस्तो भए अति उत्तम

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिन लगातार २२ मन्त्रालयको प्रगति विवरण सुनेर प्रस्ट शब्दमा निर्देशन दिएका छन्– ‘अब तर वा यदि सह्य हुने छैन।’ प्रधानमन्त्रीको यति प्रतिक्रियाबाटै बुझिन्छ– हाम्रो सरकारले राखेका लक्ष्यअनुसार काम किन हुन सकेनन् ? अन्तरमन्त्रालय, विभाग र कार्यालयबीच समन्वय अभाव विकास निर्माणमा सबैभन्दा ठूलो अवरोध हो। कुनै एउटा मन्त्रालय मातहतको आयोजनाले विकासका काम अघि बढाउन खोज्दा अरू मन्त्रालय, विभाग र कार्यालयले त्यही मात्रामा सहयोग पु¥याएको देखिँदैन।

सिंहदरवारको ‘एक्सन रुम’ बाट ओलीकाे अनुगमन

सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्।

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ।

बाँध बनाउन चार कम्पनीबाट बोलपत्र

एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायत अन्य संरचना निर्माणका लागि चारवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरेका छन्। आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले आइतबारसम्म बोलपत्र पेस गर्ने अन्तिम समय तोकेको थियो।

दोर्दीखोला जलविद्युत् आयोजनाकाे उत्पादन पुसबाट

२७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी पुसदेखि परीक्षण उत्पादन गर्ने भएको छ। आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको छ।

जलविद्युत आयोजनामा कार्यरत दुई बेपत्ता, दुई घाइते

अविरल बर्षासँगै गएराति आएको बाढीले भोटेकोसी नदी करिडोर क्षेत्रमा रहेका विभिन्न पाँच जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याउने क्रममा दुई कामदारलाई बगाएर बेपत्ता बनाएको छ। अन्य दुई घाइते भएका छन्।

एक इन्जिनियर बेपत्ता

जुगल गाउँपालिका–२ गोल्चेमा निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा अबिरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका छन्।

मदन भण्डारी लोकमार्गमा १२ वटा पुल थप्नुपर्ने

साबिक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक लोकमार्ग भई हाल मदन भण्डारी लोकमार्गमा परिणत राष्ट्रिय गौरवको आयोजनामा १२ वटा पुल थप्नुपर्ने भएको छ।

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।

तामाकोसीमा माछा घटे !

सिंगटी, बन्चरे, नयाँपुल, किर्नेलगायत नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा चिनिए पनि अहिले पहिले जस्तो माछा पाइन छाडे

वित्तीय साक्षरता अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउने उद्देश्यले यही असार १७ देखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। यस्तो सम्मेलनमा नेपालमा पहिलोपटक गरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्