१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्रोत र राजस्वमा स्थानीय तह र आयोजनाबीच विवाद

प्राकृतिक स्रोतको प्रयोग र राजस्वका विषयमा स्थानीय तह र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबीच विवाद देखिएको छ। समय अगावै सुरुङ निर्माण सम्पन्न गरेर दोस्रो प्याकेज अन्र्तगत विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम थालेको आयोजनाले यसका लागि भेरीगंगा नगरपालिका–९ र ११ मा पर्ने चिप्लेमा अस्थायी क्रसर स्थापना गरेर भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको छ। स्थानीय सरकारले समन्वय र स्वीकृतिविनै नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै त्यसलाई तत्काल रोक्न पत्राचार गरेको छ।

असारसम्ममा मेलम्ची पानी : संसदीय समिति

संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै आउँदो असारसम्म त्यहाँको पानी उपत्यकामा खसाल्न ठेकेदार र आयोजनालाई निर्देशन दिएको छ।

खानेपानीको काम ९० प्रतिशत पूरा

विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम ९० प्रतिशत सकिएको छ। जिल्ला प्रशासन कार्यालयमा विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयनसम्बन्धी सहजीकरण बैठकमा उक्त जानकारी गराइएको हो।

विदुर तेस्रो आयोजनाको काम ९० प्रतिशत काम सकियो

विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको ९० प्रतिशत काम सकिएको छ।

'आयोजना गौरव गर्न लायक बनाउ'

सरकारले उच्च प्राथमिकता राखेर निर्माण अघि बढाए पनि राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती आयोजनाहरुलाई गौरव गर्न लायक बनाउन निर्देशन दिएका छन्।

एक्सन रुमबाटै प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।

तमोरले ल्यायाे खुसियाली

तमोर निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको थियो। पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सचिवालयका अनुसार गत चैत दोस्रो साता सम्पन्न लगानी सम्मेलनमा पनि यो आयोजना निर्माणका लागि पाँचवटा कम्पनी इच्छुक देखिएका थिए।

साढे दुई वर्षमा पनि बनेन ६ सय मिटर बाटो

सम्झौता अनुरुप काम भएको भए अहिले रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधा जनक हुन्थ्यो। किनकी यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।

निर्माण कार्य ५५ प्रतिशत मात्र

राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

आठौं पटक म्याद थपियो, पानी आउने छाँट छैन

चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्यसहित थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्य साढे ६ वर्ष पुग्नै आँट्दासमेत पूरा हुन सकेको छैन।

दुई ठूला आयोजना नेपाल र चीनका सरकारी कम्पनीले बनाउने

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआइडिसिएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए।

आधा बजेट महानगरकेन्द्रित

सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले हाल कार्यान्वयन गरिरहेको आयोजनामध्ये आधाजसो भरतपुर महानगरपालिका केन्द्रित भेटिएको छ।

आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने

सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनियाँ परामर्शदाता कम्पनी चेस्कोले अपडेटेड सम्भाव्यता अध्ययन तीव्र गतिमा गरिरहेको छ।

झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन।

माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा

पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्