१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।

सुनसरीमा सशस्त्रको नयाँ बिओपी

सशस्त्र प्रहरी बल नेपाल सुनसरीको हर्वेनिमा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) थप गरेको छ। सीमा क्षेत्रबाट चोरी निकासी रोक्न तथा अपराध नियन्त्रण गर्नका लागि हर्वेनीमा बिओपी स्थापना गरेको हो।

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

सशस्त्र प्रहरीको चन्द्रागिरी केबलकारमा उद्धार अभ्यास

सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुको आयोजना र चन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा सञ्चालित ३ दिने चन्द्रागिरी केबलकार आपतकालिन उद्धार अभ्यास सकिएको छ।

सशस्त्र आइजिपीको पदावधि तीन वर्ष बनाउने प्रस्ताव

गृह मन्त्रालयलेसशस्त्र प्रहरी बलको ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान बनेसँगै सशस्त्र प्रहरी ऐन २०५८ मा भएका केही प्रावधान संशोधन अघि बढाइएको हो।

सशस्त्रमा यस वर्ष छिन्नमस्ता वाहिनी उत्कृष्ट

सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेश नं–२ छिन्नमस्ता वाहिनी बर्दिबास उत्कृष्ट ठहरिएको छ। देशभरका युनिटहरूको मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरू मध्ये छिन्नमस्ता बाहिनी उत्कृष्ट ठहरिएको हो।

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

एपीएफलाई हक्की सामाग्री

नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (बिशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ। साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ।

कोसी र एपिएफ प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा

सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।

प्रम कप क्रिकेटः कर्णालीमाथि एपिएफको जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।

प्रधानमन्त्री कप क्रिकेट: एपिएफको तेस्रो जित

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ।

अवैध कपडा सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले बारा र रौतहटको सीमाक्षेत्रबाट भन्सार छली गरेर ल्याइएको करिब ३१ लाख रूपैयाँको कपडा मंगलबार राती नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्