२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीमा सशस्त्रको नयाँ बिओपी

सशस्त्र प्रहरी बल नेपाल सुनसरीको हर्वेनिमा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) थप गरेको छ। सीमा क्षेत्रबाट चोरी निकासी रोक्न तथा अपराध नियन्त्रण गर्नका लागि  हर्वेनीमा बिओपी स्थापना गरेको हो। 

कोरोना महामारीको समयमा फर्वार्ड बेशको रुपमा स्थापना भई कार्यसम्पादन गर्दै आएकोमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरुको संख्या बृद्धि गर्दै लैजाने नेपाल सरकारको निति अनुसार सो बिओपी स्थापान भएको एसपी समेन्द बज्राचार्यले बताए।

सुनसरी जिल्ला बर्जु गाँउपालिका वडा नं.४ स्थित ३.९ कि.मि. सीमा ईलाका र  ५१ वटा सीमा स्तम्भ रेखदेख, दशगजा अतिक्रमण नियन्त्रण, सीमा अपराध नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण गर्ने उदेश्यले गत वर्षबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा स्थापना भई कार्य संचालन गर्दै आईरहेकोमा छ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अन्जनी कुमार पोखरेलले सो विओपीको उद्घाटन गरेका थिए। 

कार्यक्रममा बर्जु गाँउपालिकाका अध्यक्ष जिवछ कुमार राय, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चाय,कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक श्रीमान् किशोर कुमार श्रेष्ठ , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सुनसरीका उप अनुसन्धान निर्देशक तुलसी कट्टेल, बर्जु गाँउपालिकाका उप–प्रमुख नितुकुमारी चौधरी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,स्थानीय जनप्रतिनिधी समेतको उपस्थिती रहेको थियो।

प्रकाशित: २३ फाल्गुन २०८० १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App