२० आश्विन २०८१ आइतबार
image/svg+xml

जनप्रतिनिधिको सवारीसाधन मोह

जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकलजस्ता सवारीसाधन किन्नुपर्ने हो तर, जनप्रतिनिधिले आफ्नो घरमा गाडी थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको प्रष्ट छ।

ट्राफिक नियम उल्लंघन बढ्दै

सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढ्दै गएको छ। असार पहिलो सातासम्म ९ हजार ६ सय सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुकबहादुर विकले बताए।

हर्न बजाउने सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ।

बुद्धचोकमा कुकर बम फेला, दुई सवारीमा आगजनी

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश ३ को राजधानी हेटौंडाको बुद्धचोकमा राखेको दुई प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ। पार्टीले गरेको नेपाल बन्दको क्रममा सोमबार बिहानै बुद्धचोकमा बम फेला परेपछि प्रहरीले सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

जिल्लाको ग्रामीण क्षेत्रमा निजी तथा भाडाका सवारीसाधनले क्षमताभन्दा चार गुणा बढी यात्रु बोक्ने गरेका छन्। बोलेरो, जिप तथा बसले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

सडक वारपार गर्न वन्यजन्तुलाई असहज

भरतपुर र रत्ननगरलाई जोड्ने टिकौली वन क्षेत्रको सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्छ। जैविक मार्ग मानिएको सडकमा सवारीसाधनको ठक्करबाट चालू आर्थिक वर्षमा ६ वटा चित्तलको मृत्यु भएको छ।

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा गुड्ने आधा चार पांग्रे सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन्।

स्वास्थ्य सामग्री खरिद समस्या

निर्माण, सवारीसाधन तथा डोजर, लोडर खरिद गर्न स्थानीय तहले राष्ट्रिय स्तरका पत्रपत्रिकामा खुब विज्ञापन निकालेको देखिन्छ तर औषधि तथा अन्य स्वास्थ्य सामग्री किन्न सूचना निकालेको देखिँदैन। यसले स्वास्थ्य सामग्री खरिदमा अवाञ्छित बाली भित्र्रयाउने काम भइरहेको अनुमान गर्न सकिन्छ।

सवारीसाधनमै बजेट स्वाहा, एकै खालका गाडीको मूल्य फरक–फरक

काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले सवारीसाधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीय तहले आर्थिक वर्ष (आव) २०७४/७५ मा मितव्ययिताको सिद्धान्तविपरीत आम्दानीबेगर सवारीसाधन खरिदमा बजेट खर्चेका छन्।

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदै, बत्तिँदै आउने गाडी पोल्ट्री व्यवसायको उत्पादन ओसारपसार गर्ने गाडी हुन् भन्ने छाप आम सर्वसाधारणमा रहेको छ। तीव्र गतीमा हुइँकिने र ठूलो हर्न बजाउने गरेका कारण सर्वसाधारण पोल्ट्रीका सवारीसाधनदेखि तर्सिने गर्छन्।

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

मुलुकभर सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे अर्थात् मोटरसाइकल र स्कुटरका सवारीसाधनका चालक छन्। दुई पांग्रे सवारीसाधनको संख्या अत्यधिक भएकाले ट्राफिक नियम उल्लघंन गर्ने चालकको संख्या धेरै देखिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–७५ मा मुलुकभर ट्राफिक नियम उल्लघंन गर्ने १६ लाख ४९ हजार ८ सय ४३ चालक कारवाहीमा परेका थिए। त्यसमध्ये दुई पांग्रेका चालकको संख्या पाँच लाख ५७ हजार ८ सय ७९ थियो। यस्तै, कार, जिप र भ्यान चालक तीन लाख २२ हजार ३०, ट्रक तथा ट्यांकरका चालक तीन लाख ८७ हजार १६ र बस तथा मिनिबसका चालक २ लाख २४ हजार ५ सय ६५ थिए।

‘प्लिज ! गुरु रुखो व्यवहार नगर्नुस्’

‘गुरु (चालक) ले युवती देख्दा आँखा झिम्क्याउने र आफ्नो सिट नजिकै राखेर सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्छ। धेरै यात्रुको ज्यान जोखिममा पर्न सक्छ। त्यसैले युवती देख्नेबित्तिकै गाडी तीव्र गतिमा हाँक्ने, हर्न बजाउने काम छोड्दिनुस् प्लिज !’ यो भनाइ सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खड्काको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खोटाङमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने अभियानको शुक्रबार उद्घाटन क्रममा खड्काले चालक र सहचालकलाई यस्तो आग्रह गरेका हुन्।

नवलपरासीमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

प्रदेशका सबै जिल्लाका लागि गाडी छुट्ने बुटवल बसपार्क बिहीबार दिनभर सुनसान भयो। बन्दका क्रममा प्रदेशमा अप्रिय  घटना नभए पनि पूर्वी नवलपरासीमा दुई वटा ट्रकमा आगजनी भएको छ।

महाशिवरात्रिका लागि यस्ताे छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।

काजगमा सीमित उत्खनन मापदण्ड

पछिल्लो सात महिनाको अवधिमा जिल्लाका विभिन्न नदी तथा खोला अवैध उत्खननमा प्रयोग गरिएका दुई सय ६१ ट्याक्टर, सात एक्साभेटर र १० टिपर गरी दुई सय ७८ साधन नियन्त्रणमा आएको जिल्ला समन्वय समिति दाङको तथ्यांकमा उल्लेख छ। उत्खननको निगरानी गर्ने जिम्मेवारी पाएको जिल्ला अनुगमन समितिका अनुसार ती सबै साधन अवैध उत्खननमा प्रयोग भइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्