२० आश्विन २०८१ आइतबार
image/svg+xml

छैन चहलपहल, थारू गाउँमा माघी अलमल

‘अहिलेसम्म त थारू गाउँमा चहलपहल बढिसक्थ्यो,’ उनले भने,‘यसपालि भने कोरोनाको नयाँ भेरियन्ट आएको हल्ला सुन्ने वित्तिकै माघी मनाउने कि नमनाउने भन्ने अलमलमा छौँ।’

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।

थारू गाउँमा माघी रौनक

कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै हर्दौवा, अट्वारी, अष्टिमिकीलगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदायले यसपटक माघी भने धुमधामसँग मनाउन थालेका छन् ।

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।

माघीको उल्लास

सुदूरपश्चिममा माघी र मकर संक्रान्ति उल्लासमय शैलीमा मनाएइको छ। सो क्षेत्रमा बसोबास गर्ने थारू समुदायले माघी र पहाडी समुदायले मकर संक्रान्ति पर्व मनाएका थिए।

उदयपुरमा धुमधाम ‘माघी’

माघ १ गते तीन नदीको संगमस्थल (त्रिबेणी) मा नुहाउने, पूजा आराधना, नाचगान गर्दै सद्भाव आदानप्रदान गर्ने परम्परा नेपाली समाजमा छ। जस अनुसार सदरमुकाममा त्रियुगा नगरपालिका १२ विसनपुरस्थित त्रिबेणीमा माघी महोत्सवको आयोजना गरियो।

‘राष्ट्रिय एकतालाई माघीले थप सुदृढ गर्नेछ’

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न सबैलाई आग्रह गरेकीछिन्। माघे सङ्क्रान्तिको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र मनाइने विभिन्न चाडपर्वले आपसी एकता र भ्रातृत्वलाई मजबुत बनाउन योगदन पुग्ने जनाएकीछिन्।

थारु बस्तीमा माघीको रौनक

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ टिटिहिरियाका बिनोद थारुको घरमा माघीको रमझम बेग्लै छ। एक साता अघिदेखि नै उनको परिवार माघीको तयारीमा जुटेको थियो। माघी नजिक आईसकेपछि भने टाढाका आफन्त, ईष्टमित्र जुटिसकेका छन्। घरलाई सिंगारेर चिटिक्क पारिएको छ। घरमा ढिंक्री, मासु, माछा, घोगी लगायत परिकार तयार गरिएको छ। ‘हाम्रो गाउँघर यतिबेला माघीमय बनेको छ, टाढा रहेका आफन्त, ईष्टमित्र जुटिसकेका छन्, माघीको उत्साह बेग्लै खालको छ,’ नागरिकसँग उनले भने।

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।

थारू समुदायमा माघीको रौनक

पश्चिम क्षेत्रका थारू समुदायको मुख्य पर्व माघी आउन दुई सातामात्र बाँकी हुँदा विभिन्न गाँउमा उल्लासमय वातावरण सुरू भएको छ।

माघीमा रमाए मगर समुदाय

कलंकीका ४० वर्षे तिलक रोकामगर ढाका टोपी, कम्बरमा खुकुरी भिरेर कछार, पटुका र पैजान लगाई पैसरु नृत्य नाच्न व्यस्त थिए। उनीमात्र नभई मगर पोसाकमा सजिएका सयौं युवायुवतीहरू पनि यो नाचमा मस्त थिए। यीमध्ये कोहीको हातमा धनुष थियो। लुंगी, पटुका, चोला लगाएका कोही युवतीले सोली बोकेका थिए। बाजागाजाको मिठास बेग्लै थियो। मगर समुदायले मंगलबार टुडिखेलमा माघे संक्रान्ती मनाइरहँदा यस्तै दृश्य देखियो।

पश्चिम तराईमा माघीको रौनक

बाँके, बैजापुरका जितबहादुर थारुलाई यतिबेला माघीको रमझमले बेस्सरी छोएको छ। केहीदिन यता उनी आफन्त र ईष्टमित्रलाई भेटघाट गर्न तथा खानपिनमा ब्यस्त छन्। गाउँमा रातभर मादल र गीतका स्वर घन्किरहेका छन्। घर बाहिर रहेका परिवारका सदस्य तथा आफन्तको बाक्लो जमघट छ। गाउँमा जताततै माघीको रौनकता छाएको जीबहादुर बताउँछन्।

स्थानीय तहमा माघ २ गते सार्वजनिक बिदा

माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन्। टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन्।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्