२० आश्विन २०८१ आइतबार
image/svg+xml

थारू समुदायमा ‘माघी’ रौनक

‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।

माघीको मुखमा सुनसान थारु बस्ती

कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।

‘माघी’मा थारू परिकार

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने थारु समुदायले माघीको रुपमा मनाए। राजधानीमा मगर समुदायले भृकुटिमण्डप र थारु समुदायले टुंडिखेलमा कार्यक्रम आयोजना गरेका थिए।

न्यानो बाँड्दै युवाले मनाए माघी

माघी (माघे संक्रान्ति) पर्वका अवसरमा जिल्लामा सोमबार विविध कार्यक्रम भएका छन्। कसैले घर परिवारमै त कसैले सामुहिक कार्यक्रम गरेर तिल र मुरैको लड्डु, तरुल, फापर एवं मासको फुरौला, चाकु खाँदै माघी मनाए। तर, सर्लाहीको हरिवन निवासी युवाहरुले भने असहाय, अपांग, वृद्धवृद्धा, मगन्ते लगायतलाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरणसहित माघे संक्रान्ति मनाएका छन्।

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ।  आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।

माघी पर्वको चहलपहल शुरु

कैलाली र कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ। माघी पर्व नजिकिएसँगै त्यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ।

माघीमा थारु परिकार

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।

मन्डला थिएटरले माघी पर्व मनाउने

मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।

टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो।

हराउँदैछ माघीको रौनक

गाउँमा माघीको चहल–पहल नदेखिँदा ८५ वर्षका बृद्ध बुझाउन थारु चिन्तामा छन्। थारु समूदायको ८० प्रतिशत भन्दा बढी जनसंख्या रहेको बाँकेको राप्तीपारि बैजापुरमा अघिल्लो दिन सम्मपनि माघीको रौनकता खासै देखिएन। थारु गाउँमा देखिएको यस्तो दृश्यले बृद्ध बुझाउनले गरिरहेको चिन्तालाई पुष्टि गर्दथ्यो।

टुँडिखेलमा माघी मनाइँदै

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाउँदै छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना हुन लागेको हो। पर्वमा  थारु संस्कृति, भेषभूषा, बाजागाजा र  परम्परागत थारु नाचगान हेर्न पाइनेछ। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पाइनेछ।

टुडिखेलमा थारुको दुई दिने माघी महोत्सव हुने, सभामुखद्वारा उद्‍घाटन

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्