२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिलामा यौनरोग संक्रमण बढ्दो

नेपाल परिवार नियोजन संघ डोटीले सन् २०१६ को हालसम्ममा एक हजार ३ सय ४४ महिलाको स्वास्थ्य परीक्षण ग¥यो। जसमा ७ सय ८२ जना महिलामा यौनरोगको संक्रमण देखिएको छ । जुन करिब ५९ प्रतिशत हुन आउँछ ।

पतिको कुटपिटबाट महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको मध्येवर्ती गाविस भलायडाँडाँ ९ ध्वाँसेकी २६ वर्षीया शोभा सदाको आप्mनै श्रीमान्को कुटपिटबाट दुई दिनअघि मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य उदयपुरले जनाएको छ।

रोल्पामा महिलाको लाठी जुलुस

प्रदेश नं ५ वाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पाली महिलाले बुधबार सदरमुकाम लिवाङमा लाठी जुलुस प्रदर्शन गरेका छन्।

कस्तो बनाउने महिला आयोग?

काम सरकारले गरेका गतिविधि अनुगमन गर्नुपर्ने अनि गर्नेचाहिँ सरकारले नै पठाएका कर्मचारी। यस्तो नमिल्दो अवस्थामा सुधार नगरेसम्म महिला आयोग प्रभावकारी बन्नै सक्दैन।

महिला अधिकारकर्मीको शंकास्पद मृत्यु

लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो।

तीन महिनाभित्र महिला हिंसाविरुद्धका मुद्दा टुङ्ग्याउन प्रधानन्यायाधीसको निर्देशन

रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन्। सर्वोच्च अदालतद्वारा शनिबार आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताइन्।

महिला उद्यमी महासंघ पुरस्कृत

नेपाल महिला उद्यमी महासंघ (एफविन)ले डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६ पाएको छ। महासंघले इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आइपिएमए), पोल्यान्डबाट यस वर्षको सर्वोकृष्ट (गोल्ड अवार्ड) पाएको हो।

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्। उनले उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई नियुक्त गर्ने घोषणा गरेका हुन्। भने अन्य दुई जना महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने बताएका छन्।

महिलालाई हेर्ने दृष्टि

श्रीमान्–श्रीमतीको समझदारी, सद्भाव र सम्मानपूर्वक जीवन बाँच्ने परिकल्पना हिंसाबाट तहसनहस भएका छन् । परिवारभित्र एकले अर्कालाई आदर सम्मान गर्न नसक्दा हिंसाले ठूलो रूप धारण गरिरहेको छ ।

महिला सिटमा बस्दा पक्राउ !

सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

किम्फमा महिलासम्बन्धी फिल्मको बर्चश्व

मंसिर - पर्वतीय फिल्महरुलाई केन्द्रित गरेर राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) महिला मैत्री फिल्म र फिल्ममेकरले भरीभराउ भइरहेको छ । किम्फअन्तर्गत आइतबार कुमारी सिनेमा हलमा देउकी प्रथामाथि निर्माण भएको 'इन सर्च अफ देवकी'प्रदर्शन गरियो ।

सभामुख महिला सम्मेलनमा घर्ती

व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्ती शनिबार युएई प्रस्थान गरेकी छन्। सभामुख घर्तीले युएईमा विश्वका सभामुख महिला सम्मेलनमा भाग लिन गएकी हुन्। व्यवस्थापिका संसद्को अर्को बैठक मंसिर ३० का लागि डाकिएको छ। संसद्मा देखिएको अवरोधका कारण निर्वाचनलगायत महŒवपूर्ण कानुन अलपत्र छन्।

महिला टिममा सात नयाँ अनुहार

सात नयाँ खेलाडीलाई टोलीमा समावेश गदै प्रशिक्षक कुमार थापाले राष्ट्रिय महिला फुटबल टोली छनोट गरेका छन्। शुक्रबार घोषणा गरिएको २० सदस्यीय नेपाली टोलीमा गोलकिपर अन्जना राना मगर, रक्षक कबिता धिमाल, गीता राना, मञ्जली कुमारी योञ्जन, स्ट्राइकर सरु लामा, निर्मला विक, शर्मिला थापाले पहिलो पटक स्थान बनाए।

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

भारत महिला एसिया कप च्याम्पियन

मिथाली राजले पुनः एक पटक उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तानलाई १७ रनले हराउँदै भारत एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटमा च्याम्पियन बनेको छ। प्लेयर अफ द म्याच मिथालीले अविजित ७३ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २१ रनको स्कोर खडा गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्