२० आश्विन २०८१ आइतबार
image/svg+xml

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले भवानी राणाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो।

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

महिला उद्यमीले सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले सहुलियतमा ऋण दिने बताए पनि अहिलेको नियम झन्झटपूर्ण भएकाले सच्चाउनु पर्ने उनीहरुको तर्क छ।

हिंसामा विवाहित महिला बढी

महिला हिंसाविरुद्ध २५ औं अन्तर्राष्ट्रिय १६ दिने अभियान चलिरहँदा एक प्रतिवेदनले बढी संख्यामा विवाहित महिला हिंसामा परेको देखाएको छ।

अस्ट्रेलियामा पहिलो पटक महिला प्रधानन्यायाधीश

अस्ट्रेलियाको न्याय सम्पादन प्रणालीको ११३ वर्षको इतिहासमा पहिलो पटक महिला सर्बोच्च न्यायासनमा नियुक्त भएकी छन्।

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो

कोटेश्वरस्थित झोलुङ्गे पुलमुनि एक महिलाको मृत शव फेला परेका छन्। प्रहरीले मृतक व्यक्ति सोही क्षेत्रमा माग्दै हिँड्ने ४० वर्षीया भएको जनाएको छ।

महिला क्रिकेट: नेपाल बंगलादेशसँग पराजित

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

घरबाट महिला हिंसा अन्त्य गरौ

हाम्रो देशमा सबै परिवारले संयुक्त पुर्जा बनाएर महिलालाई भूमिमाथिको स्वामित्व दियाँै भने यो विश्वकै लागि नमुना काम हुन्छ जसले पूरै नभए पनि महिलामाथिको हिंसा स्वात्तै घटाउनेमा भने कसैले पनि शंका नगरे हुन्छ।

श्रीलंकासँग भिड्दै महिला क्रिकेट टोली

नेपालले एसिया कप महिला ट्वान्टी–२० क्रिकेटमा मंगलबार टेस्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। थाल्यान्डमा जारी प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

३० महिला खेलाडीको छनोट

चौथो साफ च्याम्पियनसिप महिला फुटबलका लागि शुक्रबार ३० खेलाडीबन्द प्रशिक्षणलाई छनोट भएका छ। करिब एक महिनाअघि ७२ खेलाडीबाट बन्द प्रशिक्षण सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार ४२ खेलाडी छनोट गरेको थियो।

महिला हिंसाविरुद्ध हटलाइन सुरु

महिला हिंसाका घटनालाई न्युनिकरण गर्नको लागि ‘महिला हटलाइन’ सेवा सुरु भएको छ। घरेलु, समाजिक, राजनैतिक, यौनिक, मानसिक वा अन्य जुनसुकै प्रकारको हिंसाबाट पीडित महिलालाई तत्काल राहत दिनको लागि ओरेक नोपलले ‘महिला हटलाइन’ सेवा सुरु गरेको छ।

ट्रम्पले थपे दुई महिला

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिलालाई नयाँ जिम्मेदारी दिने घोषणा गरेका छन्। साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्ने निर्णय गरेका छन्।

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्