७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पतिको कुटपिटबाट महिलाको मृत्यु

उदयपुर— श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको मध्येवर्ती गाविस भलायडाँडाँ ९ ध्वाँसेकी २६ वर्षीया शोभा सदाको अाफ्नै श्रीमान्को कुटपिटबाट दुई दिनअघि मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य उदयपुरले जनाएको छ।

मादक पदार्थ सेवन गरेर घर आएका ४८ वर्षीय पकन सदाले घरयासी बिवादमा प्रहार गर्दा श्रीमतीको मध्यराति मृत्य भएको खुलेका प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताए। सामान्य विवादमा श्रीमतिमाथि कुटपिट गरेर घाइते भएकी शोभाको उपचार अभावमा मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ।

मादक पदार्थ सेवन गरेर घर आएका ४८ वर्षीय पकन सदाले घरयासी बिवादमा प्रहार गर्दा श्रीमतिको मध्येराति मृत्य भएको खुलेका प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताए । सामान्य बिबादमा श्रीमतिमाथि कुटपिट गरेर घाईते भएकी शोभाको उपचार अभावमा मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ।

घट्ना मंगलबार रातिको भए पनि प्रहरीलाई बुधार दिउसो मात्र खवर भएको प्रहरी भनाई छ। घट्नाको खवर पाएलगत्तै खटाइएको प्रहरी टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का र स्थानीयको बयानका आधारमा कुटपिटबाट शोभाको हत्या भएको हुनसक्ने निश्कर्षको नजिक प्रहरी पुगको डिएसपी मगरको भनाई छ।

मंगलरबार साँझ पुकनले मादक पर्दाथ सेवन गरेर घर गएको र राति हल्लीखल्ली भएको सुनिएको स्थानीयले बताएको आधारमा शोभाको हत्या भएको अनुमान प्रहरीले गरेको हो।  

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि बुधबार राति जिल्ला अस्पताल उदयपुर ल्याईपु¥याएको छ । पुकनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको डिएसपी मगरले बताएका छन्। पुकनले दैनिक जसो मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित: ७ पुस २०७३ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App