५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्।

उनले उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई नियुक्त गर्ने घोषणा गरेका हुन्। भने अन्य दुई जना महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने बताएका छन्।

गुटेर्रेसको तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा राष्ट्रसङ्घका प्रवक्ता स्टेफाने डुजर्रिकले उनको घोषणाको बारेमा जानकारी दिए।

यही डिसेम्बरमा महासचिव बान की मुनको कार्यकाल सकिएपछि गुटेर्रेसले आउँदो जनवरी १ तारिखदेखि महासचिवको कार्यभार सम्हाल्ने छन्।

उपमहासचिवमा नियुक्त हुन लागेकी मोहम्मद नाइजेरियाको बहालवाला वातावरण मन्त्री हुन्। उनले विदाई हुन लागेका महासचिव मुनलाई पनि विशेष सल्लाहकारको रुपमा सहयोग गर्दै आएकी थिइन्।

गुटेर्रेसले ब्राजिलकी म्यारिआ लुइजा रिबेइरो भिओट्टीलाई प्रमुख स्वकिय सचिवका रुपमा र क्युङ वहा काङलाई नितीगत विषेश सल्लाहकारको रुपमा नियुक्त गर्न लागेको प्रवक्ता डुजर्रिकले जानकारी दिए।

“यो नियुक्ती मेरो समूहको आधारभुत नियुक्ती हो, मेरो समूहलाई मैले बनाउँदै लैजानेछु, लैङिगक समानता र भौगोलिक विविधतालाई विषेश ध्यान दिने प्रतिज्ञा गर्दछु”, गुटेर्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

“उच्च क्षमतावान यी तीन महिलाको सहयोग लिन पाउँदा म धेरै खुशी छु, अन्तर्राष्ट्रिय मामिला, विकास, कुटनीति, मानवअधिकार र मानवीयताका क्षेत्रमा उनीहरुको विगतको प्रभावशाली भूमिका देखेर मैले उनीहरुलाई छानेको हुँ,” गुटेर्रेसले भनेका छन्।

भिओट्टी ब्राजिलको विदेश मामिला मन्त्रालयको एसिया र प्यासिफिक क्षेत्र हेर्ने बहालवाला उपसचिव हुन्। त्यहा रहेर उनले विषेश गरेर ब्रिक्सका लागि काम गरेका छन्।

काङ भने सन् २०१३ देखि राष्ट्रसङ्घका महासचिवको मानवीयताका मामिलातर्फको सहायक सचिवका रुपमा र त्योभन्दा अगाडि सन् २००७ जनवरीदेखि २०१३ मार्चसम्म मानवअधिकार उच्च उपआयुक्त हुन्।

गुटेर्रेसले राष्ट्रसङ्घको उच्च तहमा पूर्णलैङगीक समानताका लागि आफु प्रतिबद्ध रहेको बताएका छन्। रासस/सिन्ह्वा

 

प्रकाशित: २ पुस २०७३ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App