१८ पुस २०८२ शुक्रबार
image/svg+xml

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ।

राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।

इरान : सन् २०२५ मा १५ सयलाई मृत्युदण्ड, ३५ वर्षको कीर्तिमान

इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।

एमाले प्रत्यक्ष उम्मेदवार छनोटमा समानुपातिकको विवाद

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि बिहीबारबाट उम्मेदवार छान्न सुरु गरेको छ।

टेस्लालाई ‘उछिन्दै’ चीनको बिवाइडीले सन् २०२५ मा रेकर्ड कार बिक्री गर्‍यो

चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश बिवाइडी सन् १९९५ मा मूल रूपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो।

रवि-बालेन एकताका चुनौती

सहकारी ठगी कसुरमा थुनामा रहेका रवि कैदमुक्त हुनासाथ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता भएको छ।

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन्।

नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको बधाई

रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको नेपालस्थित रुसी राजदूतावासले जनाएको छ।

पेचिलो बन्दै कांग्रेस किचलो: विशेष महाधिवेशन दबाब कि विभाजन उन्मुख?

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरी पुस २६ देखि २८ गतेका लागि निर्धारित १५औं महाधिवेशन स्थगित भएको जनाएका छन्।

ईरानः सुरक्षा बल र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

ईरानमा पछिल्ला पाँच दिनदेखि बढ्दो महँगी र अमेरिकी डलरको तुलनामा ईरानी मुद्रा रियालको मूल्य खस्किँदै गएको विषयलाई लिएर विरोध प्रदर्शन हुँदै आएका छन्।

पोखरामा ४ दिनसम्म दैनिक ५ घण्टा लोडसेडिङ : ताररहित सहर बनाउन अल्टिमेटम

पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ।

एनभिए महिला तथा पुरुष भलिबल: आर्मी र पुलिस सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न क्वार्टरफाइनलमा सबैभन्दा कान्छो विभागीय टोली एपिएफ भने पराजित हुन पुग्यो।

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको हो।

एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्