एक सय नयाँ गन्तव्य छनोट
सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।
सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।
पर्यटक तान्न सुन्दर पर्यटकीय नगरी जिरीमा रहेका प्राकृतिक सम्पदालाई व्यवस्थित बनाउँदै पूर्वाधार निर्माण गर्ने नीति स्थानीय सरकारले लिएको छ।
अमेरीका भर्जनियाकी एन्जिला क्रोनेस अहिले भक्तपुरको तेलकोटस्थित आश्रममा योगा सिक्दै छिन् । उनी एक बिहानै उठ्छिन र प्राणायाम गर्छिन् ।
सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो।
पछिल्लो समय मुलुकमा चिनियाँ पर्यटकको संख्या उल्लेख बढेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्या ४८ प्रतिशतले बढेको छ।
भरतपुर–१, रामनगरका विशाल अधिकारी गत बिहीबार विहान सौराहामा थिए। छोरा, श्रीमती र दिदीसहित सौराहा घुम्न पुगेका उनले हात्ती सफारी गरे। बिहान सवा सात बजे जंगल सफारी गएका उनी डेढ घन्टामा फर्किए।
आरोहण अनुमति पाएपछिको पहिलो टोलीले म्याग्दीको गुस्तुङ हिमाल (६४६५मि) को सफल आरोहण गरेको छ । गुर्जा हिमाल छेउको चुचुरो गुस्तुङ अघिल्लो बुधबार आरोहण गरिएको हो । विदेशी ६ र तीनजना नेपाली गरी नौजनाको आरोही टोली आरोहण सकेर म्याग्दीको गुर्जा गाउँ फर्किसकेको छ।
काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह निर्माणमा स्थानीयले अवरोध गरेका छन् । कीर्तिपुर पर्यटकीय नगर भएकाले त्यसको विकास गर्नुको सट्टा विभिन्न संरचना बनाउने कार्य स्वीकार्य नहुने स्थानीयको माग छ।
स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ।
भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।
काठमाडौंका शान्त महर्जन दसैं तिहारको मौका छोपेर कर्णाली यात्रामा निस्के। घरबाट हिँड्दा उनको एउटै सोच थियो कर्णालीको भू–वनावट र प्राकृतिक सौन्दर्य नियाल्ने। कर्णाली सबैभन्दा पछाडि परेको क्षेत्रको रुपमा उपमा पाइसकेकोले निकै कठिन र दुर्गम होला भन्ने भ्रम मानसिकतामा पालेर यात्रा सुरु गरेका महर्जन कर्णालीको खलंगा पुगेपछि निकै रमाए।
प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ।
सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।
कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको संख्यामा वृद्धि भएको छ। दसैं र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको संख्या बढेको हो।
नियमित उडान नहुँदा प्राय सुनसान रहने मन्थली विमानस्थलमा यतिबेला आन्तरिक र वाह्य पर्यटकको चहलपहल बढेको छ।