७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर

तमानखोला गाउँपालिका २ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो। पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ।

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ।

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

गोलो आकारको बिमको बराह ताल ओझेलमा

म्याग्दीको मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ। तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्