९ चैत्र २०८२ सोमबार
image/svg+xml

पाल्पा टिपर दुर्घटना : चालकसहित चारको मृत्यु

गम्भीर घाइते तानसेन-१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिएका छन्।

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन

उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन।

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्।

बस्ती जोगाउन १४ स्थानमा तटबन्ध निर्माण सुरु

उनले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्नेगरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन्।’

आदित्य र प्रिन्सलाई स्वर्ण

हुउद्देश्यीय मार्सल आर्ट्रस केन्द्र (एमएमएसी) का प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामास्वर्ण जितेका छन्।

हिमपातले किसान उत्साहित

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो।

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ।

सबै समस्याको समाधान कांग्रेसले गर्छ, मिलेर काम गरौँ: सुजाता कोइराला

“कुनैपनि समस्याको समाधान कांग्रेसले गर्छ, विगतमा भएको गल्ती कमी कमजोरी महसुस गरेर अगाडि बढ्नुपर्छ,” उनले भनिन् ।

इरानको नियन्त्रणमा रहेका नेपालीको रिहाइ गर‍्न सरकारसँग कांग्रेस उपसभापतिको आग्रह

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

दश रुपैयाँमा पनि बिक्दैन प्रतिकिलो आलु

काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन्। खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन्।

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौंतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्