२० आश्विन २०८१ आइतबार
image/svg+xml

बजार बेथिति

नारायणहिटीमा राजा छैनन्, बजारमा भने छन्। खुला बजार अर्थतन्त्रले प्रत्येक उपभोक्तालाई राजा मान्छ। यी राजा सन्तुष्ट भएनन् भने बजारमा कोही पनि टिक्न सक्दैन। तिनलाई बजारबारे जानकार बनाउन सक्नुपर्छ। उनीहरूले मनपर्ने वस्तु उपभोग गर्न पाउनुपर्छ।

खाद्य असुरक्षाले निम्त्याएको समस्या

सन् १९९६मा सम्पन्न विश्व खाद्य शिखर सम्मेलनले सक्रिय र स्वस्थ जीवनका लागि सधैं पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता एवं चाहना अनुरुप खानामाथि प्रत्येक व्यक्तिको भौतिक तथा आर्थिक पहुँच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिने परिभाषा बनायो। उक्त परिभाषामा चार वटा आयाम छन् : खाद्यमा भौतिक उपलब्धता, खाद्यमा भौतिक र आर्थिक पहुँच, पर्याप्त खाद्यको उपयोग र यी तीनै कुरामा स्थिरता। यस्तो नभएमा खाद्य असुरक्षा हुन्छ। खाद्यान्न उत्पादन घट्दै जानु, बालविवाह, गरिबीलगायतका कारण जुम्लामा खाद्य असुरक्षा छ। फलस्वरुप स्थानीय धेरै महिला र तिनका सन्तान विभिन्न समस्यामा जेलिएका छन्।

अधिकांश खाद्यवस्तु गुणस्तरहीन

बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्। उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ।

सौभाग्य शाह, मेमोरियालिटी र भिमान–मन्थन

अ प्रोजेक्ट अफ मेमोरियालिटी सौभाग्य शाहले सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा बुझाएको विद्यावारिधि शोधमा आधारित पुस्तक हो। यो पुस्तक सिन्धुलीको भिमानमा विश्व खाद्य संगठनको अनुदानमा सञ्चालित ‘ग्रामीण खाद्य उत्पादन वृद्धि परियोजना’ले महिला नेतृत्व विकासमा खेलेको भूमिकामा केन्द्रित छ।

‘सरकारले नीतिमा सुधार गरे खाद्यान्न निर्यात हुन्छ’

सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन हुनु नै मेरो लागि महत्वपूर्ण विषय हो। त्यसकारण संघको उदेश्य र सधारणसभाबाट पारित अजेन्डा नै मेरा प्राथमिकताकामा पर्नेछन्। नेपालमा चामल, दाल र तेलका चार हजार उद्योग छन्। ती उद्योगको लगानी र क्षमताको सदुपयोग गरी चामल, दाल र तेलजस्ता दैनिक उपभोग्य खाद्यवस्तुमा देशलाई आत्मनिर्भर बनाउनुपर्छ।

संस्थानले धानको मूल्य बढाउँदा किसानलाई राहत

नेपाल खाद्य संस्थानले धान खरिद सुरु गरेपछि राँझाका रसुल अहमदको अनुहारमा केही चमक आएको छ। नेपालगन्जका ब्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्न तयार भएका उनी संस्थानले खरिद गर्न थालेपछि उनी खुसी छन्। बजारको भन्दा महंगो मुल्य लगाएपछि उनले आफ्नो धान संस्थानको कारकाँदोस्थित धान खरिद केन्द्रमा लगिसकेका छन्।

मन्त्री यादवको गुनासोः बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीले निर्देशन पालना नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमवार खाद्य संस्थानको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले पटक पटक धान खरिदका लागि निर्देशन दिएपनि नटेरेको गुनासो गरे। ‘

राउटे बस्तीमा खाद्यान्न संकट

राउटे समुदायले मंसिर १५ लाई ठूलो पर्वका रुपमा मनाउँछ। दशैं–तिहारपछिको दोस्रो ठूलो पर्वका लागि राउटे समुदायसँग खाद्यान्न छैन्। सरकारले चार महिनादेखिको भत्ता रोक्दा आफूहरुको समुदायमा भोकमरीको अवस्था सृजना भएको मुखिया सूर्यनारायण शाहीले जानकारी दिए।

३५ करोड ६० लाख जापानी अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

खाद्यान्न जोहो गर्न ८ दिन हिँडन बाध्य

आफ्नो गाउँ नजिकको खाद्य संस्थानको डिपोमा खाद्यान्न शून्य भएपछी छिमेकी जिल्ला मुगुमा रहेको खाद्य संस्थानबाट खाद्यान्न जोहो गर्नका लागी हुम्लाका चार गाउँपालिकाका स्थानीय आठ दिन लगाएर मुगु सदरमुकाम गमगढी पुग्न बाध्य छन्।

पुल बनाउन विश्व बैंकको १३.३ अर्व ऋण, पाेषणामा ४.७अर्व अनुदान

नेपालका विभिन्न सडक सञ्जालका पुल मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच एक संझौतापत्रमा हस्ताक्षर भएको छ। संझौता अनुसार दुई छुट्टा छुट्टै कार्यक्रमका लागि आज अर्थमन्त्रालयमा कूल १८ अर्ब रुपैयाँको सम्झौता भएको हो।

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ।

संस्थानको खसीबोका सकियो

नेपाल खाद्य संस्थानले दसैंका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको तीन सय सातवटै खसीबोका बिक्री भएको छ । संस्थानले मकवानपुरबाट सो परिमाणमा खसीबोका किनेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका ल्याउने लक्ष्य राखिए पनि सो क्षेत्रमा किन्न नसकेपछि मकवानपुरबाट ल्याएको हो।

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्